मतदाता शिक्षा प्रभावकारी नभएको गुनासो

पोखरा, १९ मंसिर /हरेक निर्वाचनको वेला सरकारले मतदातालाई मतदान गर्न सिकाउने उद्धेश्यले मतदाता शिक्षा कार्यक्रम गर्छ तर प्रभावकारी हुदैंन भन्ने आईतबार पोखरामा आयोजित एक कार्याक्रमका सहभागीले वताएका छन् ।

निर्वाचन आयोग नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा सामुदायिक सारथी काठमाण्डौको आयोजना र वडा स्तरिय महिला समन्वय समिति पोखरा लेखनाथ महानगरपालिका वडा नं. ९ को संयोजनमा मतदाता शिक्षा सम्बन्धी जिल्लाका सरोकारवालाहरुसंगको अन्तरक्रिया कार्यक्रम सो कुरा वताएका हुन।

कार्यक्रम क्षेत्रिय निर्वाचन कार्यलय कास्कीका सुचना अधिकारी तेजबहादुर गुरुङले श्रोत साधनको कमिले जनताको अपेक्षा अनुरुप मतदाता शिक्षालाई प्रभावकारी वनाउन नसकेको स्विकार गर्दै घरमै आएर शिक्षा दिएकोलाई मात्र शिक्षा दिएको नमानी संचार माध्यममा आएका सुचनालाई पनि सरकारले नै गरेको मान्नु पर्ने वताए ।

पोखरा लेखनाथ महानगरपालिका वडा नं. ९ भित्रका टोल विकास संस्था तथा आमा समुहहरुको प्रतिनिधिहरुको सहभागिता रहेको सो कार्यक्रममा नेपाली काँग्रेसकी माया वराल, नेकपा एमालेका दामोदर शर्मा, नेकपा माओवादी केन्द्रका विपिन पौडेल, शान्तिदर्शन टोल विकास संस्थाका अध्यक्ष उत्तम जोशी लगाएतले पनि निर्वाचन कार्यलयको मतदाता शिक्षा कार्यक्रम घर दैलो सम्म नपुगेकोले सुधार गर्नुपर्ने राखेको थिए ।

सो अन्र्तक्रिया कार्यक्रममा सहजिकरण सामुदायिक सारथीका कार्यक्रम संयोजक कुमार राना र संचारकर्मी कृष्ण रानाभाटले गर्दै आगामी निर्वाचनमा कम्तिमा पनि ८० प्रतिशत मतदाताले आफ्नो भोट हाल्न पाउने अधिकार प्रयोग गरेमा यो कार्यक्रम सफल हुने धारणा राखेका थिए ।

वडा स्तरिय महिला समन्वय समिति पोखरा–९ की अध्यक्ष दिलमाया गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत पार्वती टोल आमा समुहकी अध्यक्ष लेखमाया थापाले गरेकी थिईन ।

कमेन्टहरु
Loading...