पोखरामा मास्कमा कालोबजारी गर्ने दुई औषधि पसलमा तालाबन्दी

पोखरा, २२ फागुन / मास्कको आवश्यकता बढेका बेला पोखराका औषधि पसलेले तेब्बर रुपैयाँसम्ममा मास्क बेचबिखन गरेको भन्दै दुई औषधि पसलमा तालाबन्दी गरेको छ ।

गण्डकी प्रदेश बजार अनुगमन समितिले बिहीबार गरेको अनुगमनमा मास्को कालोबजारी गरेको आरोपमा २ औषधि पसलमा समितिले तालाबन्दी गरेको हो ।

महेन्द्रपुलस्थित स्याङ्जा औषधि पसल र पश्चिमाञ्चल क्षेत्रीय अस्पताल अगाडीको परी औषधि पसलमा समितिले ताला लगाएको हो । दुवै पसलले महँगोमा मास्क बिक्री गरेको समितिले फेला परेको थियो ।

स्याङ्जा औषधि पसलले एन ९५ अंकित मास्क ४ सय ५० रुपैयाँमा विक्रि गरेको फेला परेको थियो । उक्त मास्कको बजार मूल्य भने २ सय रुपैयाँमात्रै पर्ने अनुगमन समितिका सदस्य सचिव भरतमणि बरालले बताए ।

पसल बन्द गराएपछि बजार अनुगमन टोलीले पसलका सञ्चालक केदार पोखरेललाई जिल्ला प्रशासन कार्यालयमा उपस्थित हुन ३ दिने म्याद दिएको छ । परी औषधि पसलले सर्जिकल मास्कको १० रुपैयाँ पर्ने साधारण मास्कलाई ३० रुपैयाँमा बिक्री गरेको भेटिएको थियो ।

उक्त पसलका सञ्चालकलाई पनि बजार अनुगमन टोलीले प्रशासनमा हाजिर हुन निर्देशन दिएको छ ।
प्रदेशको टोलीले बिहीबार पोखराका थुप्रै औषधि पसलमा अनुगमन गरेको थियो ।

कमेन्टहरु
Loading...