एभरग्रिन मन्टेश्वरीको अभिभावक दिवस सम्पन्न

पोखरा, २ फाल्गुन /पोखरा महानगरपालिका वडा नं. ३ नदिपुरमा रहेको एभरग्रिन मन्टेश्वरीको प्रथम अभिभावक दिवस तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भयो ।कार्यक्रमको पोखरा महानगरपालिका वडा नं. ३ का वडा अध्यक्ष रविन्द्रबहादुर प्रजुले उद्घाटन गर्दै मन्टेश्वरीले सर्वसुलभ शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गरेकोमा प्रशंषा व्यक्त गर्दै साना वालवालिकाहरुको हेरचार र सिकाईमा विषेश ध्यान दिनुपर्ने वताएका थिए ।

सो अवसरमा पृथ्वीनारायण क्याम्पसका प्राध्यापक तथा मन्टेश्वरीका संस्थापक रोमहर्षण पौडेल, विद्यालय व्यवस्थापन समितिका सदस्य लक्ष्मण गौतम, लक्ष्मी ढुंगानाले मन्टेश्वरी पद्धती अवलम्वनm गर्दै वालवालिकाको शिक्षण सिकाई प्रक्रिया अगाडि वढाईएको वताए ।कार्यक्रममा अघिल्लो वर्ष शैक्षिक तथा अतिरिक्त त्रियाकलापमा उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको थियो भने विद्यार्थीहरुले विभिन्न साँस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष तथा संस्थापक अनु शर्माको अध्यक्षतामा भएको कार्यक्रमको संचालन शिक्षिका तथा संस्थापक अन्जना क्षेत्रीले गरेकी थिईन् ।

कमेन्टहरु
Loading...