प्रदेश मन्त्री बैठकः चारवटा विधेयकलाई सैद्धान्तिक स्वीकृति

पोखरा, २ चैत /प्रदेश नं ४ को मन्त्रिपरिषद् बैठकले चारवटा विधेयकलाई सैद्धान्तिक स्वीकृति प्रदान गरेको छ ।

शुक्रबार बसेको बैठकले प्रदेश योजना तथा नीति आयोग गठन गर्ने विधेयक, वित्तीय समानीकरण विधेयक, नमूना कर कानुन बनाउने विधेयक र सार्वजनिक लिखतको प्रमाणीकरण गर्ने विधेयकलाई सैद्धान्तिक स्वीकृति दिएको मन्त्रिपरिषद्का प्रवक्ता रामशरण बस्नेतले बताए ।

त्यस्तै बैठकले तीनवटा विधेयक प्रदेश सभामा टेबुल गर्ने निर्णय गरेको उनले जानकारी दिए ।

टेबुल गरिने विधेयकमा स्थानीय तह गाउँपालिका, नगरपालिका र महानगरपालिकाको सेवा सुविधा सम्बन्धी विधेयक, प्रदेश सभा सभामुख, उपसभामुख, मुख्य मन्त्री तथा मन्त्रीको पारिश्रमिक सम्बन्धी विधेयक र मन्त्रीपरिषद्को तीस बुँदे आचार संहिता रहेका छन् । प्रस्तावित सेवा सुविधा सम्बन्धमा अत्यन्त बैज्ञानिक रुपमा तय गरिएको उनले बताए ।

कमेन्टहरु
Loading...