को हुन् पोखराको उपमेयर मञ्जु#LocalPolls2017 #Pokhara

पोखरा लेखनाथ उपमहानगर पालिका उपमेयरमा मञ्जु गुरुङ विजयी भएकी छन् । उनी २०१८ सालमा स्याङजाको सिरुवारी पञ्चमुलमा जन्मिएकी गुरुङ पोखरा ८ न्यूरोडकी स्थायी बासिन्दा हुन् । २०५० सालमा अखिल नेपाल महिला संघको सदस्यबाट उनको राजनीतिक यात्रा सुरु भएको हो । २०५५ मा पोखरा ८ बाट वडा कमिटी सदस्य बनिन् । २०६५ सालसम्म दुई कार्यकाल उनले वडा सदस्य भएर काम गरिन् ।

२०६१ म एमाले जिल्ला कमिटिको आर्थिक बिभाग सदस्य भईन् भने २०६६ मा क्षेत्र नम्बर ३ को सचिवालय सदस्य हुँदै २०७० मा जिल्ला कमिटिको बैकल्पिक सदस्य बनेकी हुन् । २०५१ म अनेमसंघ नगर समिति सल्लाहकार, २०५७ मा अनेमसंघ कै नगर सचिव, २०६४ मा जिल्ला कोषाध्यक्ष भईन् भने २०६९ देखि हालसम्म संघकै केन्द्रिय विदेश विभाग सदस्य भएर काम गरिरहेकी छिन् ।

उनी २०६६ मा नेपाल लोकतान्त्रिक आदिवासी जनजाती महासंघ कास्कीको कोषाध्यक्ष बनिन् भने २०७२ देखि अखिल नेपाल महिला सघं कास्कीको अध्यक्षको रुपमा कार्यरत छिन् । उनी २०७१ म अन्तरपार्टी महिला सञ्जाल कास्कीको कोषाध्यक्ष हुँदै हाल सदस्यको रुपमा काम गरिरहेकी छिन् ।

गुरुङ पोखरामा रहेको अर्थर डाँडाखर्क कोने परिवार पोखराको उपसचिव, सोंपाल तमु समाज पोखराको जन सम्पर्क समिति सदस्य, गोर्खा कम्युनिटी गु्रप पोखराको आजिवन सदस्य, पन्चकोशी तमु समाज, पर्वत मिलन समाज, बौद्ध अर्घौं सदनको आजीवन सदस्य छिन् । गोर्खा भूपू महिला संघ गण्डकी अञ्चलको सदस्य बनिसकेकी गुरुङ शैक्षिक समाज सहकारी संस्थामा उपाध्यक्ष भएर काम गरिन् । उनी दि विज्डम कास्की इङलिस बोर्डिङ स्कुलको संस्थापक हुन् ।

पोखरा लेखनाथ उपमहागरपालिका उपमेयर
ब्यक्तिगत विवरण

नाम – मञ्जुदेवी गुरुङ
बाबा – स्वः ओमप्रसाद गुरुङ
आमा – गौरादेवी गुरुङ
जन्ममिति – २०१८।०८। १६
जन्मस्थल – पञ्चमुल, सिरुवारी स्याङ्जा
शैक्षिक योग्यता – आइएड
विवाह – मेखबहादर गुरुङ , (२०३८ सालमा )
सन्तान – ( छोरा – १, छोरी – १) विशाल र वर्षा
श्रीमानको मृत्यु – २०४९।०४।१६

राजनीतिक पृष्ठभूमि –
राजनीति पार्र्टी – नेकपा एमाले
संगठित सदस्य – २०५५
नेकपा एमाले वडा नम्बर ८ को वडा कमिटी – सदस्य २०५५– २०६५ (दुई कार्यकाल )
नेकपा एमाले जिल्ला कमिटी कास्कीको आर्थिक विभाग – सदस्य ९२०६१ – २०६३०
नेकपा एमाले क्षेत्र नं ३ को क्षेत्रीय सचिवालय – सदस्य ९२०६६ – २०६९०
नेकपा एमाले जिल्ला कमिटी – वैकल्पिक सदस्य (२०७० – हाल सम्म )
अनेम संघको सदस्यता प्राप्त मिति – (२०५० )
अनेम संघ नगरकमिटी – सल्लाहाकार सदस्य (२०५१ – २०५६ )
अनेम संघ पोखरा नगरकमिटीको – सचिव २०५७ – २०६४ सम्म दुई कार्यकाल
अखिल नेपाल महिला सघं कास्की जिल्ला कमिटी – कोषाध्यक्ष २०६४–२०७१
अखिल नेपाल महिला सघं केन्द्रीय विदेश विभाग – सदस्य २०६९ – हाल सम्म
नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासंघ कास्की – कोषाध्यक्ष २०६६ – २०७२
अखिल नेपाल महिला सघं कास्की जिल्ला कमिटी – अध्यक्ष २०७२ – हाल सम्म
२०६६ सालको आठौं महाधिवेसनमा – सहभागी ।
अन्तर पार्र्टी महिला सञ्जाल कास्की जिल्ला – कोषाध्यक्ष २०७१।१२। – २०७३।०९
अन्तर पार्टी महिला सञ्जालको – सदस्य २०७३।०९ – हाल सम्म

आवद्ध सामाजिक संघ संस्था
अर्थर डाँडाखर्क कोने परिवार पोखरा – उपसचिव
सोंपाल तमु समाज पोखरा – जनसम्पर्क समितिको सदस्य
गोर्खा कम्युनिटी गु्रप पोखरा – आजीवन सदस्य
पन्चकोशी तमु समाज पोखरा – आजीवन सदस्य
तमु धिं नेपाल पोखरा – आजीवन सदस्य
पर्वत मिलन समाज पोखरा – आजीवन सदस्य
बौद्ध अर्घौ सदन – आजीवन सदस्य
गोर्खा भूपू महिला संघ गण्डकी अञ्चल – पूर्व सदस्य
शैक्षिक समाज सहकारी संस्था – पूर्व उपाध्यक्ष
सोंपाल तमु समाज – पूर्व सचिव
दि विज्डम कास्की बोडिङ स्कुल – संस्थापक

प्रभावित – २०३६ सालको विद्यार्थी आन्दोलनबाट ।
खुशी – २०६२।२०६३ को जनआन्दोलनको विजय प्राप्ती भएको दिन ।
मर्ममाहत – कःमदन भण्डारीको रहस्यमय हत्याबाट ।
विदेश भ्रमण – बेलायत, हङकङ, बुनाई लगायत ।
२०३६ सालबाटै कम्युनिष्ट पार्टी प्रति आस्थावान । वि.स.२०५० बाट अनेम संघमा आवद्ध भएर काम गर्दै आएको र २०५५ सालमा पार्टीको संगठित सदस्य । २०५० सालबाट पार्टी काममा निरन्तर लागि रहेको ।
हालको वासस्थान – सभागृहचोक , न्युरोड ८, पोखरा ।

कमेन्टहरु
Loading...