सामुदायिक विद्यायलको गुणस्तर सुधारको खाँचो ःउपप्रमुख गुरुङ

पोखरा ९ माघ /पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङले सामुदायीक विद्यालयको गुणस्तरमा सुधार गर्नुपर्ने खाँचो औल्याएकी छन् । पोखरा वडा नम्वर ८ मा रहेको जनप्रिय माध्यमिक विद्यालयको स्वर्णजयन्तीको अवसरमा आयोजित त्रिदिवसीय कार्यक्रमको मंगलबार उद्घाटन गदै उपप्रमुख गुरुङले सामुदायीक विद्यालयको शिक्षा गुणस्तरीय हुनुपर्नेमा जोड दिइन् ।उनले पोखरा महानगरपालिका भित्र १७८ वटा संस्थागत र २११ सामुदायिक विद्यालय रहेको जानकारी दिइन् ।

उनका अनुसार संस्थागत विद्यालयमा ८५ हजार ७ सय २० जना विद्यार्थी अध्ययनरत रहेको र सामुदायिक विद्यालयमा ४१ ह्जार ७ सय विद्यार्थी अध्ययनरत रहेको बताउदै सामुदायिक विद्यालयको गुणस्तर बृद्धिका लागि शिक्षक, विद्यार्थी, अभिभावक र विद्यालय ब्यवस्थापन समितिहरुवीचको सम्वन्ध प्रगाढ बनाउदै विद्यालयमा गुणस्तरीय शिक्षाका लागि भुमिका खेल्नुपर्ने बताइन् । उनले व्यवहारीक, प्राविधिक र जीवन उपयोगी शिक्षालाई प्राथमिकता दिनुपर्ने बताइन् । ‘अव परम्पराबादी शिक्षा भन्दा जीवन उपयोगी, व्यवहारीक र प्राविधिक शिक्षामा जोड दिनुपर्छ ।’ उपप्रमुख गुरुङले महानगरको शिक्षा नीति र कार्यक्रम कस्तो हुने भन्ने बारेमा छलफल सुरु गरेको बताउदै महानगरका लागि कस्तो शिक्षा नीति बनाउने भन्ने बारेमा शिक्षा परिषद् गठन भएर विज्ञहरुसंग सुझाव संकलन गर्ने काम सुरु भएको बताइन् । उनले पोखराको जनप्रिय माध्यमिक विद्यालयले शिक्षा क्षेत्रमा दिएको योगदान महत्वपूर्ण रहेको बताइन् ।

उपप्रमुखद्धारा १ लाखको अध्क्षय कोष स्थापना
पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङले आफना स्वर्गीय बाबु ओम प्रसाद गुरुङको स्मृतिमा विद्यालयमा १ लाख रुपैयाँको अक्षकोर्ष स्थापना गर्ने घोषणा समेत गरिन् । उनले भनिन मेरो बुबाको निधन हुदाँ आमा २३ वर्षको हुनुहुन्थ्यो, मेरो आमाले मलाई धेरै दुःख कष्ट गरेर हुकाउर्नुभयो बढाउनुभयो भयो त्यसैले आज म यहाँ उपप्रमुखको रुपमा तपाईहरुको अगाडी रहन पाएकी छु । स्वणजयन्तीको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले अक्षयकोर्ष स्थापना गर्ने घोषणा गदै भनिन्,‘ यो अध्यक्ष कोषबाट एकल महिलाका छोराछोरीलाई छात्रबृत्रि प्रदान गर्नेछु ।’ मेरो आमा एकल महिला भएर पनि ठूलो संघर्ष गरेर मलाई हुकाउर्नुभयो, पढाउनुभयो उनले भनिन, ‘त्यसैले एकल महिलाका सन्तानले प्राप्त गर्ने छात्रबृत्तिले केही सहयोग पुग्ने अपेक्षा गरेकी छु ।’ त्यस्तै उनले विद्यालयलाई १० हजार रुपैयाँ सहयोग गर्ने घोषणा समेत गरिन् ।कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजकुमार गिरीको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा वडा नं. ८ का अध्यक्ष रुद्रनाथ बराल, पूर्व विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विरेन्द्रनारायण विजुक्छे, शिक्षाप्रेमी पशुराम बराल लगायतले बोलेका थिए ।

कमेन्टहरु
Loading...