लायन्समा चुनावी दौड, द्धितिय भाइस गर्भनरका लागि मणिश्रीको प्रतिवद्धताहरु घोषणा

पोखरा, ६ बैशाख/लायन्स क्लव इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ वि १ नेपालको ७ र ८ गत पोखरामा हुने छैंठौं राष्ट्रिय महाधिवेशनमा द्धितिय भाइस गर्भनरको पदका लागि मणिश्री रत्न बज्राचार्यले आफ्नो उम्मेदबारी प्रस्तुत गरेका छन् । बुधबार पोखरामा पत्रकार सम्मेलन गरि बज्राचार्यले लायन वर्ष २०१८—१९ का लागि उम्मेदवारी प्रस्तुत गरेका हुन् ।

मणिश्री जिताऔं अभियानले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उम्मेदबार बज्राचार्यले डिष्ट्रिकका महत्वपुर्ण पदहरु जोन, रिजन हुदै क्याविनेट सेक्रेटरीको भुमिका निर्वाह गर्दै आफुलाई अव्वल प्रमाणित गरिसकेको उनले दाबी गरे ।

उनले संस्थाको गरिमा र आदर्शलाई कायम राख्न, गुणस्तरिय सदस्यता वृद्धि गर्न,उचित अभिमुखिकरण तालिम प्रदान गर्न, सदस्यहरुलाई सेवाका कार्यहरुमा प्रेरणा र सर्मपित गराउँदै सहभागितामुलक सकरात्मक दृष्टिकोण वृद्धि गरि नेपाल भित्रका क्लव र अन्य मुलुकका क्लवहरुसँग आत्मियताको वातावरणको अवस्था सिर्जना गर्ने ।

क्लवहरुलाई उचित व्यवस्थापन सहित कम भन्दा कम खर्चमा बढि भन्दा बढि परिणामउन्मुख मानविय सेवाका कार्यहरु गर्न उत्प्रेरित गर्ने तथा त्यस्ता कार्यहरु गर्न डिष्ट्रिकले सहयोगीको भूमिका निर्वाह गर्ने लगायतको १४ बुँदे प्रतिबद्धता समेत जारी गरेका थिए ।

कार्यक्रमा बोल्दै जिएलटी कोअर्डिनेटर एकनारायण शर्माले लायन्समा शुद्धिकरणको आवश्यकता रहेको बताउदै
व्यक्तिगत फाइदाको लागि सामाजिक कामको पगरी नगुथ्ने र कसैको गुलामी नगरी आफ्नै धरातलमा रहि शासन गर्ने गभर्नर चाहिएको बताए । कार्यक्रममा बोल्ने वक्ताहरुले लायन्सका लिडरहरुले चुनावमा गुटबन्दी गरेर उम्मेवादर बोकेर हिडने गरेको, सार्वजनिक स्थानमै एउटा उम्मेदवारको पक्षमा समर्थन जनाएको, लायनजस्तो सामाजिक संस्थामा राजनीतिक शक्ति हावी भएको, संस्थापन पक्षले पदिय पाईपलाईन सिर्जना गरेको प्रवृत्ति प्रति आपत्ती जनाए ।

सामाजिक सेवा गर्ने संस्थामा योग्यता, क्षमता र दक्षताको आधारमा नेतृत्व चयन हुनुपर्नेमा कुनै व्यक्ति विशेषको नजिक भएको आधारमा वर्षौसम्मलाई गर्भनरको पाईप लाईन प्याक छ भन्ने खालका सिन्डिकेट तोड्नको लागि गुट बाहिरको व्यक्तिलाई पदमा पठाएर लायन्सका विकृति, विसंगति अन्त्य गर्न चाहेको अभियानले जारी गरेको बिज्ञप्तीमा उल्लेख छ । कार्यक्रममा जिएमटी कोअर्डिनेटर सुदिपराज ढुङ्गाना, कमिटी चियरपर्सन बावुराम अधिकारी, डेपुटी क्याविनेट ट्रेजरर थिरबहादुर थापा र अभियानका संयोजक मोतीराज तिमिल्सिना लगायतले बोलेका थिए ।

कमेन्टहरु
Loading...