मणिपाल अस्पतालको सेवा खुलाउन आग्रह

पोखरा, ११ जेठ / प्रदेश नम्बर ४ की सामाजिक बिकास मन्त्री नरदेवी पुनलाई मानवअधिकार कर्मी र नागरीक समाजको टोलीले जेठ १० गते भेटी मणिपाल शिक्षण अस्पतालमा भएको आन्दोलनलाई रोक्न प्रभावकारी कदम चाल्दै सेवा सुचारु गर्न तर्फ पहल गर्न पत्र मार्फत अनुरोध गरेको छ ।

पत्र बुझ्दै सामाजिक मन्त्री पुनले मानिसको स्वास्थ्य संग जोडिएको संबेदनशिल कुरालाई बेवास्ता गर्न नमिल्ने बताउदै जतिसक्दो चाडो समाधान गर्नतर्फ आफु लागीपर्ने बताइन् ।

त्यस्तै राष्ट्रिय मानव अधिकार आयोग, इन्सेक पोखरा कार्यालय, शान्तिका लागी नागरीक समाज कास्की, मानवअधिकार संरक्षण मञ्च कास्की, गैरसरकारी संस्था महासंघ, महिला मानवअधिकार रक्षक संञ्जाल कास्की, मानवअधिकार पत्रकार मञ्च कास्की लगाएतको टोलीले जेठ १० गते मणीपाल प्रशासन र आन्दोलनरत कर्मचारी लाई समेत भेटी स्वास्थ्य सेवा जस्तो अत्यावश्यक कुरालाई यो वा त्यो कुनै पनी बहानामा बन्द गर्न नहुने भन्दै बार्ताको माध्ययम बाट जति सक्दो चाडो समस्या समाधान गरीे अस्पतालको सेवा सुचारु गर्न आग्रह गरेको छ ।

जेठ ०८ गते देखी मणीपाल कर्मचारी समन्वय समिति, अखिल नेपाल स्वास्थ्य श्रमिक संघ, मणीपाल स्वतन्त्र कर्मचारी युनियन, नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी युनियनले संयुक्त रुपमा एक बिज्ञप्ती जारी गरी अस्पतालको सेवा ठप्प पारेका हुन् ।अस्पताल फार्मेसीमा कार्यरत कर्मचारीहरु रमेश बोहोरा, निलकण्ठ भट्टराई, टेक बहादुर बिक र लेखा शाखामा कार्यरत अल्पना ठाकुरलाई अस्पताल प्रशासनले पत्र काटी सेवा बाट हटाइएको जानकारी दिएपछी कर्मचारीहरुले अस्पताल प्रशासन संग निशर्त कर्मचारी रिहाई र बिगतमा भएका सम्झौता कार्यन्वयनको माग गर्दै आन्दोलन थालेका हुन् । पोखरा–लेखनाथ मनपा ११ स्थीत मणीपाल शिक्षण अस्पतालमा कर्मचारी युनियनको आन्दोलनका कारण आकस्मीक बाहेकका सबै सेवा ठप्प हुदा सेवाग्राही मर्कामा परेका छन् ।

कमेन्टहरु
Loading...