मनिपालमा तीन महिना देखि एमबिबिएसको पढाइ ठप्प

सागर राज तिमिल्सिना
पोखरा, २६ कात्तिक /पोखरामा रहेको मनिपाल मेडिकल कलेजमा तीन महिनादेखि एमबिबिएसको पढाइ ठप्प हुदा विद्यार्थीहरु मर्कामा परेका छन् । तलब वृद्धिलगायत माग राखेर प्राध्यापक, शिक्षक आन्दोलनमा उत्रे पछि ८३ दिन देखि एमबिबिएसको पढाइ ठप्प छ । विभिन्न सेमिस्टरमा गरि आन्दोलनले करिब तीन सय विद्यार्थीको भविष्य अन्योलमा परेको छ ।

तलब वृद्धि, करारका शिक्षकलाई स्थायी र सार्वजनिक बिदाका दिन गरेका कामको अतिरिक्त पारिश्रमिक पाउनु पर्ने मागगर्दै प्राध्यापक–शिक्षकहरु आन्दोलनमा उत्रिएका हुन् । प्राध्यापक–शिक्षकले नपढाएपछि विद्यार्थी क्लिनिकलको प्रयोगात्मक र सैद्धान्तिक सेमेस्टरै गुम्ने त्रास बढेको विद्यार्थीहरु बताउछन् ।

सातांै र नवांै सेमेस्टरका (तेस्रो र चौथो वर्षका) तीन सय जना विद्यार्थी प्रत्यक्षमर्कामा परेका छन् । भदौ यताकुनै पनिक्लिनिकल प्राक्टिकल र सैद्धान्ति कक्षाहरु नभएको विद्यार्थीले बताए । शुक्रबार विद्यार्थी, अविभावक, व्यवस्थापनपक्ष र शिक्षक बिच वार्ता भएपनिकुनै निस्केन नआएको विद्यार्थीहरु बताउ छन् । मनिपाल मेडिकल कलेजका डिन बिएम नागपाल प्राध्यापक–शिक्षकहरु तबल बढाउने माग पुरा गर्न सकिने तर अन्यमाग पुरा गर्न नसकिने बताए ।

आन्दोलनरत प्रध्यापक डा. दीपक कोइरालाले आफ्ना माग पुरा नभएआफुहरु काममा नर्फकने बताए । उनले भारतीय र नेपाली चिकित्सकबीच वर्षौदेखि विभेद भएको भन्दै अस्पतालले डाक्टर परिचालनगर्ने विनियम नै नबनाउनु दुखदभएको बताए । उनले माग पूरा नहुँदा सम्म आन्दोलन जारी राख्ने बताए । शिक्षणमा १ सय ५५ जना डाक्टरहरु सहभागी छन् । कलेजमा नेपालीसँगै भारत, श्रीलंका र मालदिभ्सका लगाएतका देशबाट विद्यार्थीहरु पढ्दै आएका छन् ।

कमेन्टहरु
Loading...