पर्वतका युवकको उपचारमा संलग्न मणिपालका स्वस्थ्यकर्मिको कोरोना नेगेटिभ, अस्पताल सुरक्षीत

पोखरा, २ असार/ मणिपाल शिक्षण अस्पतालमा उपचार गराइरहँदा कोरोना पुष्टि भएका पर्वतका युवामा अस्पतालबाट कोरोना नसरेको देखीएको छ । पर्वतको कुश्मा–३ का ३५ वर्षे युवकको उपचारमा खटिएका डाक्टर र नर्सको रिपोर्ट नेगेटिभ आएसँगै अस्पतालबाट कोरोना नसरेको पुष्टि भएको हो ।

मोटरसाइकल दुर्घटनामा परेपछि उपचारका लागि पोखरा ल्याइएका उनको उपचारमा संलग्न ७६ जनाको स्वाबको रिपोर्ट नेगेटिभ आएको अस्पतालका सिइओ एवं प्राचार्य डा. डिसी अग्रवालले जानकारी दिए ।

कुनै ट्राभल हिस्ट्री नभएका युवकमा कोरोना संक्रमण पुष्टि भएपछि अस्पतालबाटै कोरोना सरेको अनुमान भएको थियो । २१ जेठमा मोटरसाइकल दुर्घटनामा परेर उपचारका लागि पोखरा ल्याइएका युवकमा ३० जेठमा कोरोना पुष्टि भएको थियो ।

सिइओ अग्रवालले विज्ञप्ती जारी गर्दै संक्रमण पुष्टि भएलगत्तै चिकित्सक, नर्स, ल्याब टेक्निसियन, सरसफाइ कर्मी सहित ७६ जनाको स्वाब परीक्षण गरीएकोमा सबैको नेगेटिभ आयो बताए । संक्रमितको टाउकोमा चोट लागेका र हात भाचिएको थियो । उनको टाउकोको शल्यक्रिया गर्दा अस्पतालको न्यूरोसर्जरी टिमले सम्पूर्ण सुरक्षा सतर्कता अपनाएको सिइओ अग्रवालले बताए ।

 

कमेन्टहरु
Loading...