पोखराको मणिपाल शिक्षण अस्पतालमा कोरोनाको महामारिमा शुल्क बढायो

पोखरा, १२ असार / पोखराको मणिपाल शिक्षण अस्पतालले कोरोना भाइरस (कोभिड–१९) का कारण बिरामी घटेको भन्दै टिकट देखि डाक्टरको शुल्कमा समेत भारी वृद्धि गरिएको छ । आर्थिक अभाव देखाएर अस्पतालले ५ सय प्रतिशतसम्म मूल्यवृद्धि गरेको हो ।

अस्पतालले ईमजेन्सि सेवाको १ सय रुपैयाँको टिकटलाई ५ सय प्रतिशत वृद्धि गरी ६ सय रुपैयाँ बनाएको छ । अस्पतालले भने टिकट बुकको छपाईमा भएको महँगीले थप १ सय लिइएको र बाँकी ४ सय डाक्टरको शुल्क तोकिएको जनाएको छ ।

डाक्टरले लिने अपरेशन चार्ज २ हजार १ सय बाट बढेर ३ हजार ४ सय ९५ रुपैया पु¥याएको छ । त्यसै गरि सिटी स्क्यानको ७ सय ९० रुपैयाँ मूल्यवृद्धि भएको छ । अस्पतालले दर्जनभन्दा बढी शीर्षकमा शुल्क वृद्धि गरेको छ ।

सामान्य समयमा १ हजारभन्दा बढीले ओपीडी सेवा लिने गरेकोमा कोरोनाका कारण अहिले २ सय हाराहारीमात्र मात्रै बिरामी अस्पताल जाउने गरको अस्पतालका मानव संशाधन प्रमुख भानु भारध्वाजले बताए ।

उनले मेडिकल कलेजमा विद्यार्थीको कोटा समेत घटेपछि आर्थिक चाप बढ्दै गएको बताए । यसअघि १ सय ५० जना विद्यार्थी पढाइ हुने मणिपालमा सरकारले १ सय जनाको कोटा तोकी दिएको हो । चौतर्फी रुपमा नोक्सानी बढेपछि उपचारका केही शीर्षकमा मूल्य बढाउनुपरेको उनको भनाई छ ।

मूल्य बढे पनि सरकारी अस्पतालभन्दा मणिपालकै उपचार सस्तो रहेको उनको दाबी छ । मणिपाल अस्पतालमा उपचारका लागि पुगेका बिरामीसँग लिइएको टिकट बुक । बढी हुने डिपार्टमेण्टको मात्रै मूल्य बढाएको उनले दाबी गरे । कोरोनाका कारण पिपिई, सेनिटाइजर, माक्स, पन्जा लगाएतले अस्पतालको खर्च बढाएको उनले बताए ।

गण्डकी प्रदेश सामाजिक विकास मन्त्री नरदेवी पुनले संघ सरकारको समन्वयमा अनुगमन गरेर गलत भेटिए कारबाहीको दायरामा ल्याउने बताइन् । उनले कोरोना डेडिकेटेड अस्पताल गण्डकीबाट कुनै बिरामी अरु अस्पतालमा रिफर गरेर सरकारी दररेटमै उपचार गर्नुपर्ने बताइन् । तर पोखराका अरु अस्पतालहरुले बिरामीसँग आफ्नै शुल्क असुलिरहेका छन् ।

कमेन्टहरु
Loading...