मनिपाल अस्पतालको समस्या समाधान गर्ने कानुनमन्त्रीको निर्देशन

पोखरा, ४ प्रदेश /स्वास्थ्य जस्तो संबेदनशिल क्षेत्रमा आन्दोलन भएको लामो समय हुदाँ पनि समस्या समाधान नभएपछि प्रदेश सरकारले चासो देखाएको छ । बिगत नौ महिना देखि बिभिन्न ५ बुदे माग राखि आन्दोलनरत कर्मचारीहरुको समस्या समाधान गर्न प्रदेश ४ का आन्तरीक मामिला तथा कानुनमन्त्री हरि बहादुर चुमानले मंगलबार अस्पताल पुगि आन्दोलनको बारेमा दुबै पक्ष बिच छलफल गरेका छन् ।

छलफलको क्रममा बिगत देखि नै नेपाली तथा भारतीय चिकित्सक र कर्मचारी बिच बिभेद गरिएको गुनासो आईरहने मनिपाल शिक्षण अस्पतालमा अहिले पनि त्यहाँका कर्मचारीहरु हातमा कालोपट्टी बाँधेर काम गरिरहेका छन् । अखिल नेपाल स्वास्थ्यकर्मी संघको अगुवाईमा भएको आन्दोलनमा कर्मचारीहरुको सेवासुबिधा बृद्धि गर्ने, दश बर्ष देखि अस्थाई रुपमा काम गर्दे आएका कर्मचारीहरुलाई स्थाई गर्नुपर्ने लगायतका माग रहेका छन् ।

अस्पताल प्रशासन संग भएको छलफलमा कानुनमन्त्री चुमानले कुनैपनि मागलाई सबैभन्दा पहिला सकारात्क रुपमा हेर्नेुपर्ने सुझाव दिए । समस्या दुबै थरिका पनि हुन सक्लान, तर समस्यालाई नकारात्मक कोणबाट मात्र हेर्ने हो भने कहिल्यै समाधान नहुने भएकाले अस्पताल प्रसासनले सकारात्मक कोण बाट हेरेमा समाधान हुने उनको भनाई थियो । प्रदेशको राजधानीमा रहेका अस्पतालमा बिभिन्न घटनाका आधारमा ब्यबस्थीत बन्न नसकेका जनताले गुणस्तरीय स्वास्थ्य सेवा पाउन बाट बन्चीत हुने अबस्था आउने भएकाले सरकारले यो बारेमा चासो देखाएको उनले जानकारी दिए ।

मन्त्री परिषदमा पनि यो बिषयमा कुरा उठाएर समाधानको पहल गरिने उनको भनाई थियो । कर्मचारीको मनोबल उच्च बनाएर नेपालका प्रचलित नियम कानुनको आधारमा अगाडी बढ्न उनले प्रसासनलाई आग्रह पनि गरे । अस्पतालका डिन बि.एम नागपालले घाटामा गएको अस्पतालले सेवा सुबिधा थप्न नसक्ने बताए । यद्यपि आफुहरु बार्ताकोे माध्यम बाट समस्या समाधान गर्ने तयार रहेको उनले स्पष्ट पारे ।

आन्दोलनरत अखिल नेपाल स्वास्थ्यकर्मी संघका केन्दीय सचिव रमेश बोहोराले दश बर्ष सम्म अस्थाई कर्मचारी राख्ने नियम कहीँ नभएको बताए । अस्पताल प्रसासनले तलव भन्दा पनि अन्य सुबिधामा पनि नेपालीहरुलाई अत्याचार गरेकाले आन्दोलन गर्नुपरेको उनको भनाई छ । मेडिकल काउन्सीलले ७३ बर्ष काटेका डाक्टरलाई अबकास दिने र्निणय गरेको भएपनि मनिपालमा युवा डाक्टरलाई करारमा राख्ने र उमेर हद काटेकालाई स्थाई गरेर काममा लगाईराख्ने गरिएको आन्दोलनरत कर्मचारीहरुको भनाई छ ।

कमेन्टहरु
Loading...