पोखराको मणिपाल अस्पताल चार दिन देखी ठप्प

पोखरा, ११ जेठ/पोखराको मणिपाल शिक्षण अस्पतालमा कर्मचारीको आन्दोलनका कारण चार दिन देखि आकस्मीक सेवा बाहेक सबै ठप्प हुदाँ विरामीहरु मर्कामा परेका छन् । कर्मचारी आन्दोनका कारण मंगलबार देखि मणिपाल अस्पताल बन्द छ । बन्दका कारण गाउँ गाउँबाट उपचार गराउँन आएका ओपीडीका बिरामी उपचारबाट बञ्चित भएका छन् । अस्पतालमा दैनिक एक हजार बढि बिरामी उपचारका लागि आउने गर्दछन् । विरामी मर्का परे पनि दुबै पक्षबाट कुनै वार्ताका पहल भएको छैन ।

मणिपाल शिक्षण अस्पतालको फार्मेसीमा कार्यरत कर्मचारीले अनियमीतता गरेको आरोपमा ४ जना कर्मचारीलार्इ मणिपाल अस्पताल प्रशासनले सोमवार देखि जागिरबाट निस्कासन गरेपछि अस्पतालमा कार्यरत अन्य कर्मचारीले पूर्नवाहालीको माग राख्दै आन्दोलनमा उत्रेका हुन् ।

अस्पतालको फार्मेसीमा कार्यरत रमेश बोहरा, निलकण्ठ भट्राई, टेकबहादुर विक र अल्पना ठाकुरलाई अस्पताल प्रशासनले फार्मेसीमा कार्यरत रहेर अनियमीतता र संस्थाको हित बिपरित काम गरेको आरोपमा जागीरबाट निस्कासन गरेको अस्पताल प्रशासनले बताएको छ । प्रशासनमा गुनासो आएपछि छानवीनको क्रममा चार जना कर्मचारी दोशी देखिएपछि अस्पताल प्रशासनले कर्मचारीलाई निस्कासन गरेको मणिपाल शिक्षण अस्पतालका डाइरेक्टर विजय सिंहले बताए ।

बिभिन्न समयमा अस्पतालका कर्मचारीको हकहितका लागि आन्दोलनको नेतृत्व गरेका रमेश बोहरा लगाएत कर्मचारीलाई निस्कान गरेको बताउँदै पूर्नवाहालीको माग गरेका छन् । आन्दोलनरत कर्मचारीले भने अस्पताल प्रशासनले प्रतिशोधका कारण कर्मचारीलाई निस्कासन गरेको ओरोप लगाएका छन् ।

प्रशासनले निस्कासन गरेका मध्ये बोहरा बिभिन्न समयमा कर्मचारीको पक्षमा आन्दोलनको नेतृत्व गर्दै आएका थिए । उनी आन्दोलनरत पक्षको तर्फबाट बार्ता समितिमा रहेर पनि काम गर्दै आएका छन् । बोहोराले आफु अस्पतालको कुनै कार्यकारी पदमा नरहेकोले हिनामीना गर्न नै नसक्ने बताउँदै अस्पतालले आफु लगाएत साथीहरुलाई बिना कारण जागीरबाट निस्कासन गरेको सुनाए ।

कमेन्टहरु
Loading...