मन्दिर र आमा समूहलाई ११ लाख रुपैयाँका सामग्री

पोखरा, २३ असार / पोखरा महानगरपालिका वडा नं. ४ स्थित बुढानिलकण्ठ मन्दिर र स्थानीय विभिन्न आमा समूहलाई ११ लाख मुल्य बराबरका अत्यावश्यक सामग्री प्रदान गरिएको छ ।

गण्डकी प्रदेश सभा सदस्य प्रभा कोइराला मार्पmत निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम अन्तर्गत मन्दिरद्वारा सञ्चालित तीर्थयात्री आश्रमका लागि वेड विस्तारा सहित नौवटा आमा समूहलाई २१५ थान फलामे कुर्ची वितरण गरिएको हो ।

आश्रमका लागि २५ वटा लोवेड, ४० थान डसना र वल्याङकेट तथा ८० थान सिरानी प्रदान गरियो भने सिर्जनशिल आमा समूहलाई ५०, डाँडाथर आमा समूहलाई ४०, अम्विका आमा समूहलाई २५ र कोलापाटन आमा समूह र चण्डीटोल आमा समूहलाई २०/२० थान फलामे कुर्ची वितरण गरियो । त्यस्तै नेपाल आदर्श महिला समूह, जनहित महिला समूह, नमूना महिला समूह र मुस्लिम समूहलाई १५/१५ थानका दरले कुर्ची वितरण गरिएको हो ।

बुडानिलकण्ठ मन्दिर परिसरमा आयोजित कार्यक्रमका बीच सामाग्री हस्तान्तरण गर्दै प्रदेश सभा सदस्य प्रभा कोइरालाले रकम सानो भएपनि पूर्वाधार विकास कार्यक्रमले आवश्यकताको पहिचान गरि सवै क्षेत्र र वर्गलाई समेटन प्रयास गरेको धारणा राख्नुभयो ।

निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम कास्की २ (ख) अनुगमन समितिको संयोजक समेत रहनु भएका उहाँका अनुसार क्षेत्र अन्तर्गतका चार जना प्रदेश सभा सदस्यमार्पmत सञ्चालन भएका २५ वटा योजना निर्माणको अन्तिम चरणमा पुगेको छ ।

विश्वव्यापी पैmलिएको कोरोना भाइरसको संक्रमण रोक्नका लागि समूदायस्तरबाट सचेत हुन आग्रह गर्दै उहाँले समाजमा हुने प्रत्येक गतिविधिमा सुरक्षा मापदण्डको पालना गर्न आग्रह गर्नुभयो ।

मन्दिर व्यवस्थापन समितिका अध्यक्ष श्यामबहादुर कोइरालाले तीर्थयात्रीको सुविधाका लागि मन्दिरले आश्रम समेत सञ्चालन गरेको जानकारी दिंदै अत्यावश्यक भान्छा कोठा निर्माणका लागि सहयोग गरिदिनुहुन तीनै तहका जनप्रतिनिधि समक्ष अनुरोध गर्नुभयो ।

कमेन्टहरु
Loading...