पोखराका मेयर जिसीको घोषणा -प्रमुख अतिथि बन्ने कार्यक्रम जान्न् (यस्तो छ तालिका)

पोखरा, १ चैत /पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसी दैनिक गर्ने कामको सूची तयार पारेर आफ्नै कार्यालयको बाहेक कार्यालय समयमा कतै बाहिर नजाने घोषणा गरेका छन् । उनले कुनै पनि कार्यक्रममा नजाने बताएका छन् । बिहीबार मेयर जिसीको सचिवालयले सूचना प्रकाशित गरेर मेयरको दैनिक कार्यसूची सार्वजनिक गरेको छ ।

मेयर जिसीले कार्यक्रममा प्रमुख अतिथि वा अतिथि भएर नजाने भनेर सूची नै तयार पारेको बताए । आफ्नै कार्यालय मातहतका कार्यक्रममा बाहेक अन्य कार्यक्रममा गएर अब समय नबिताउने मेयर जिसीको भनाई थियो । आफ्नै वडा र मातहतका कार्यक्रममा जानैपर्‍यो, नत्र कार्यालय समयमा बाहिरका कार्यक्रममा नजाने बताए ।

मेयर जिसीले जानै पर्ने अवस्थामा मंगलबार र शुक्रबार महत्वपूर्ण कार्यक्रममा जाने तर एक घन्टाभन्दा बढी नबस्ने मेयरका स्वकिए सचिब लक्ष्मण तिमिल्सिनाले बताए ।

उनले अबदेखि पोखराका मेयरले बिहान साढे १० बजेदेखि ११ बजेसम्म विभिन्न कार्यालय प्रमुखसँग छलफल गर्ने, बिहान ११ बजेदेखि १ बजेसम्म सेवाग्राहीका काम गर्ने र सेवाग्राहीका समस्याको सुनुवाइ गर्ने र १ देखि २ बजेसम्म राजनीतिक दलका प्रतिनिधि, कुटनीतिक नियोगका प्रतिनिधि र पत्रकारका लागि मेयर जिसीले समय छुट्याएको बताए ।

यसका लागि पनि १ दिन पहिले नै जानकारी गराउनुपर्ने तिमिल्सिनाले बताए । दिनको २ बजेपछि आवश्यकता अनुसार विभागीय प्रमुखसँग छलफल गर्ने मेयरको दैनिक कार्यसूची छ ।

यस्तो छ तालिका
विहान १० ः ३० बजे देखि ११ बजे सम्म ।
विभिन्न कार्यालयका कार्यालय प्रमुखहरु (कार्यालय प्रमुखहरुको भेटघाटको लागि १ दिन अगावै सचिवालयमा जानकारी गराउनु पर्ने छ ।)

बिहान ११ ः ०० बजे देखि १ ः ०० बजे सम्म ( सेवा ग्राहीहरुको लागि )

दिनको १ ः ०० बजे देखि २ ः ०० बजे सम्म (राजनैतिकदलका प्रतिनीधि, कुटनितीक नियोगका प्रतिनीधि, पत्रकार) ।

यस समयको भेटघाटको लागि १ दिन अगावै सचिवालयमा जानकारी गराउनु पर्ने छ ।

दिनको २ ः ०० बजे पछि आवस्यकता अनुसार विभागिय प्रमुखहरुसंगको छलफल ।
(मंगलबार र शुक्रबार बाहेकका बारहरुका लागि यो समय तालिका लागु हुने छ ।

पुनश्च ः माथि उल्लेखित समयमा कार्यालय परिसर भन्दा बाहिर कुनै कार्यक्रममा सहभागि नहुने ब्यहोरा जानकारी गराईन्छ ।

कमेन्टहरु
Loading...