सबै क्षेत्रको समानुपातिक विकास ःमेयर जिसी

पोखरा, २७ असोज / पोखरा लेखनाथ महानगरपालिकाका मेयर मानबहादुर जिसीले सवै क्षेत्रको समानुपातिका विकास गदै समुन्त र समृद्ध महानगपालिका बनाइने बताएका छन् । उनले आमा समुहका भवन र साना बाटो बनाएर मात्रै विकास नहुने भन्दै ठूला विकास आयोजना संचालन गर्नुपर्ने बताएका छन् । चेतनशील महिला समुहको १९ औ साधारण सभा एवं ९ औ अधिवेशनको उद्घाटन गदै उनले विकट क्षेत्रहरुलाई निकट बनाउदै र निकट रहेका क्षेत्रलाई समुन्त बताउनुपर्नेमा जोड दिए ।

लेखनाथ पोखरासंगै जोडिएर महानगरपालिका बनेकाले यहाँको विकासका लागी स्थानियबासिन्दा पनि जागरुक हुनुपर्ने बताए । महानगरपालिकाको क्षेत्र ठूलो रहेको बताउदै सवै क्षेत्रको विकास समानुपातिक ढंगले गर्ने गरि महानगर अगाडी बढेको मेयर जिसीले बताए । उनले शिसुवाचोकमा अस्पताल भएपनि न्यूनतम सेवासुविधा नपाउदा अस्पताल विरामी विहिन देख्दा आश्चर्य लागेको बताए । उनले अस्पताल भनेपछि दुई चार जना विरामी हुनुपर्ने ठाँउमा एक जना विरामी पनि नदेख्दा आश्र्चय लागेको बताए ।

पोखरा लेखनाथ महानगपालिकाका उपमेयर मञ्जुदेवी गुरुङले महिलाहरुको अधिकार प्राप्तिको आन्दोलन सकिएकाले अव आर्थिक क्रान्तिको बाटोमा लाग्नुपर्नेमा जोड दिइन् । ‘महिला अधिकारको आन्दोलन पुरा भएको छ, अव महिलाहरु आत्मनिर्भर हुदै उत्पादनमा लाग्नुपर्छ ।’ उपमेयर गुरुङले संविधानमा महिलाका अधिकार स्थापित भैसकेको बताउदै स्वरोजगार बन्दै आर्थिक रुपमा सक्षम हुनुपर्ने बताइन् ।

पोखरा लेखनाथ महानगरपालिका वडान नम्वर ३० का वडा अध्यक्ष श्रीराम पोखरेलले कानुनको अधिनमा रहेर गर्न मिल्ने काम एक मिनेटपनि नरोकिने बताउदै गर्न नसकिने कानुन विपरितका काम लिएर वडामा नआउन सवैलाई आग्रह गरे । चेतनसील महिला समुहका अध्यक्ष रेवती शर्माको अध्यक्षतामा भएको कार्यक्रममा वडा नम्वर ३० का वडा सदस्य रमा नेपाली, सोमलाल कडेल, चोला बराल, सल्लाहकार शारदा बास्तोला, महिला समुहका सल्लाहाकार हकबहादुर श्रेष्ठ, जागृत आमा समुहका उपाध्यक्ष लक्ष्मी सुवेदी, शिशुवा महिला बचत तथा ऋण सहकारीका अध्यक्ष पूर्णिमा बास्तोला, महिला समुह सदस्य गीता जमरकटटेल, महिला समुहका सचिव गायत्रीदेवी ढकाल लगायतले आमा समुहका बारेमा बोलेका थिए । यसैवीच कार्यक्रममा ७० वर्ष उमेर पुगेका शान्तामाया परियार र मिनमाया सुवेदीलाई दोसल्ला ओढाएर मेयर मानहादुर जिसीले सम्मान गरेका थिए ।

कमेन्टहरु
Loading...