लाहुरे हुन रिजेक्ट भएको ३९ वर्षमा पोखरा महानगरको मेयर जिसी

सागर राज तिमिल्सिना

‘मैले पोखराको मेयर हुन्छु भनेर त सोचेको पनि थिइन आज पोखरा लेखनाथ महानगरकोे मेयर भए ।’ पोखरामा शुक्रबार पत्रकार सगँ पोखरा लेखनाथ महानगरमा मेयर पदमा बिजयी भए पछि मानबहादुर जिसीले भने ‘म एउटा गाउँमा जन्मे हुर्केको मान्छे पोखराको मयेर हुन्छु भन्ने त कल्पना पनि गरेको थिइन,’ उनले भने ‘म कास्कीको कालिका गाउँको मान्छे पोखराको मेयर कसरी हुन सक्थे र सोच्नु ।’

म अहिले पनि पोखरामा भाडामा बस्दै आएको छु । ‘मेरो घर पहिल पनि कालिकामा थियो, अहिले पनि छ र पोखरामा घर बनाउन सक्छु जस्तो लाग्दैन ।’ पोखरा लेखनाथ महानगरपालिका भएपछि कालिका गाविसमा भएको मेरो घर महानगरमा पर्यो र मा मेयरमा उठे।

२०१७ साल भदौमा साविक कालिका गाविसमा जिसीको जन्म भएको हो । २०३६ सालदेखि अनेरास्ववियु हुँदै राजनीति सुरु गरेका जिसीले गणित र स्वास्थ्य विषयमा स्नातक तह पास गरेका छन् । पिएन क्याम्पसको प्रारम्भीक कमिटी हुँदै अखिल जिल्ला सदस्य भए ।

उनले २०४१ सालमा पार्टीको सदस्यता लिएको बताए । त्यसपछि कालिका गाविसको गाउँ कमिटी सचिव हुँदै २०४४ मा इलाका कमिटीको पनि सचिव भए । जिसि राजनीति सुरु गरेको १४ बर्षपछि २०५१ सालमा एमालेको जिल्ला कमिटि सदस्य भएका थिए । सोही बेला क्षेत्रीय कमिटी संयोजक समेत भएर काम गरे ।

उनी २०६३ मा जिल्ला कमिटीको प्रमुख तत्कालीन सचिव भए भने आठौं अधिबेशनबाट पुनः जिल्ला अध्यक्ष हुँदै हाल एमालेको बैकल्पीक केन्द्रिय सदस्यको रुपमा कार्यरत छन् । जिसी बहुदलपछिको दुईवटै स्थानीय चुनावमा कालिका गाविसबाट गाविस अध्यक्ष निवाचित भएका थिए । २०४९ मा २५ वर्षको उमेर मै गाविस सचिब बनेका थिए । २०५४ मा अध्यक्ष निवार्चित भएपछि उनी गाउँ विकास समिति राष्ट्रिय महासंघको सचिवालय सदस्यको रुपमा हालसम्म काम गरिरहेका छन् ।

मेयर मानबहादुरका मन्द मुस्कान
मेयर मानबहादुरका मन्द मुस्कान

२०३५ सालमा एसएलसी दिन पोखरा झरेका जिसीलाई राहुरे हुने रहर चढ्यो र केही समय लाहुरे हुन लागेका थिए । पृथ्वीनारायण क्याम्पसको व्यवस्थापन संकायमा भर्ना भएका उनी ब्रिटिस लाहुरे हुन हिँडेका थिए । तर, छनोट प्रक्रियाको १९ दिनमै उसको सपना तुह्यो । ब्रिटिस लाहुरेमा नछानिएको त्यही ठिटो झन्डै ३८ वर्षपछि पोखराको मेयर चुनिए ।

मध्ये परिवारमा जन्मेका जिसी लाहुरे सपना तुहेपछि कास्की माझठानाको रत्नशोभा विद्यालयमा पढाउन थाले । दुई वर्ष पछि पोखरा फर्किएर शिक्षा संकायमा भर्ना भए । ३०३७ सालमा अखिलको प्रारम्भिक कमिटीमा आवद्ध भएर उनको राजनीतिक जीवन सुरुवात गरेका थिए । कालिका गाविस अध्यक्ष, जिल्ला पार्टी सदस्य, सचिव, अध्यक्ष हुँदै जिल्ला इन्चार्ज र केन्द्रीय वैकल्पिक सदस्य बनेका मानबहादुरको राजनीतिक यात्रा देशकै ठूलो महानगरमा मेयर पदको कुर्चीसम्म आइपुगेको छ ।

पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर २८ निवासी मानबहादुरले सरल र मृदुभाषीको परिचय बनाएका छन् । ४ भाइमा जेठा मानबहादुरको परिवार लामो समयदेखि पोखरा फूलबारीमा कोठा भाडामा लिएर बस्दै आएका छन् । उनका एक भाइ पृथ्वीनारायण क्याम्पसमा अध्यापन गराउँछन् भने कान्छा भाइ अमेरिका छन् । उनका ३ सन्तानमा २ छोरीको बिहे भइसकेको छ भने छोरा पढ्दैछन् ।

जिसी अघिल्लो संविधानसभा चुनाव २०७० मा कास्की क्षेत्र नम्बर एक बाट एमालेको प्रत्यक्ष तर्फका उम्मेदवार हुन् । उनी काँग्रेसका तत्कालीन सभापति यज्ञ बहादुर थापासँग झिनो मतले पराजित भएका थिए । यसबाहेक जिसी नेपाल रेडक्रसको आजीवन सदस्य हुन् भने दुई कार्यकालसम्म शाखाको अध्यक्ष भएर काम गरेका थिए ।

कमेन्टहरु
Loading...