थप २ व्यवारीसे सडक मानवको उद्दार

पोखरा, ६ बैशाख /सडकमा अत्यन्त कष्टकर जीवन यापन गर्न विवश मनोरोगी एक महिला सहित दुई जनाको उद्दार भएको छ ।

पोखरा लेखनाथ महानगरपालीका वडा नं १० रामघाट लक्ष्मी नारायण मन्द्रिर अगाडिबाट हिड डुल गर्न नसक्ने अन्दाजि ६० बर्षको महिलालाई उद्दार गरी मानवसेवा आश्रममा ल्यईयो। पोखरा लेखनाथ महानगरपालीका वडा नं १० को वडा सदस्य दिपक बहादुर थापा र सम्बर बहादुर श्रेष्ठले मानवसेवा आश्रमले उद्दार गरी मानवसेवा आश्रम लगेका हुन् ।

पोखरा लेखनाथ महानगरपालीका वडा नं १६ बाट बाटुले चौर बाट अन्दाजी ६५ बर्षको वृद्द मानवको पनि उद्दार गरि लाएको आश्रमले जनाएको छ । वडा प्रहरी कार्यालय बगरको प्रसनि महेन्द्र कुमार नेपालीको टोलिले उद्दार गरी आश्रममा ल्याइएको हो ।

हाल दुवै जना मानवसेवा आश्रको शाखा कार्यालय पोखरा ९गुप्तेश्वर मन्दिर पछाडी ०मा आश्रीत छन् । हाल आश्रममा ३३ जनाले सेवा लिइरहेका छन् ।

कमेन्टहरु
Loading...