मानव मिलन नारी जागरण नेपालको आठौ वार्षिक साधारण सभा सम्पन्न

पोखरा ,९ पुस​/मानव मिलन नारी जागरण नेपालको आठौ वार्षिक साधारण सभा सम्पन्न भएको छ । कार्यक्रमको उद्घाटनको उद्घाटन गर्दै बाह्रमण समाज नेपालका सस्थापक केन्द्रिय अध्यक्ष प्राध्यापक डाक्टर नारायणप्रसाद अधिकारीले नारी शक्तिसँग अथाह शक्ति भएको हुँदा शक्तिलाई विकास निर्माण र सामाजिक कार्यमा लाग्न आग्रह गरे । उनले मानव मिलन नारी जागरण नेपालले गरेको कार्यको खुलेर प्रशंसा गरे । कार्यक्रममा विशेष अतिथि नेपाल कम्युनिष्ट पार्टीका सचेतक, सद्यीय सभाका सदस्य शान्ता चौधरीले इच्छाशक्ति भयो भने महिलाहरुले पनि जस्तोसुकै कार्य गर्न सक्ने बताउँदै उहाँले आफ्नो जीवनका हरेका सर्घष सिकाई भएको बताईन् ।

कार्यक्रममा नेपाली काग्रेसकी नेतृ सरस्वती गुरुङ्कले सर्घषले जिवनमा सिकाई र अनुभवी बनाउने भन्दै मानवमिलन संस्था सामाजिक क्षेत्रमा अनुभवी भएर परिचित भईसकेको बताईन् । कार्यक्रममा बोडकाष्टिङ्ग एशोसियसन अफ नेपाल (बान) का केन्द्रिय महासचिव दुर्गा अधिकारीले मानव मिलन संस्था समाजमा सामाजिक संस्थाको रुपमा स्थापित भएर स्वास्थ्य, शिक्षा र सेवालाई प्राथमिकतामा राखेर उपलव्धीमुलक कार्य गरेको भन्दै प्रंसशा गर्नुभयो । वरिष्ठ व्युटिसियन तथा पोखरा उद्योग वाणिज्य संघका उपमहासचिव चिनु गुरुङ्गले मानव मिलन संस्थालाई अगाडी बढाउन आफ्नु सधै साथ रहने प्रतिवद्धता व्यक्त गरिन् । संस्थाका निवर्तमान अध्यक्ष पार्वती पौडेलले सस्थालाई अझै सशक्त ढंगले बढाउन आफ्नो सधै साथ रहने बताईन्  ।

संस्थाका अध्यक्ष सविता बरालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नारी परोपकार केन्द्रका अध्यक्ष शारदा गिरी, सल्लाहकार तथा आर्दश समाज राष्ट्रिय दैनिकका व्यवस्थापक दुर्गादेवी बाँस्तोला लगायतले बोलेका थिए । संस्थाका आजीवन सदस्य प्रभा गौतमले स्वागत मनतव्य राख्नुभएको कार्यक्रमको सञ्चालन संस्थाका उपाध्यक्ष कमला गिरीले गरेकी थिईन् । साधारणसभामा कोषाध्यक्ष देवी बराल र सचिव मेनुका पोख्ररेलले प्रतिवेदन पेश गरेकी थिईन् । कार्यक्रममा पुर्व सल्लाहकार तथा संस्थाका शुभचिन्तक पोखरा उद्योग वाणिज्य संघको उपमहासचिव पदमा निर्वाचित भएको भन्दै सम्मानपत्र र दोल्सल्लाले सम्मान गरिएको थियो । साथै अक्षयकोष दाता तथा संस्थालाई आर्थिक सहयोग गरेका संस्थाका आजीवन सदस्यलाई समेत सम्मान गरिएको थियो ।

कमेन्टहरु
Loading...