पोखरामा मानवअधिकार सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न

कृष्ण आचार्य​, पोखरा , २६ कात्तिक/नेपाल मानव अधिकार संगठन कास्कीको आयोजनामा पोखरामा मानवअधिकार सम्बन्धी एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भ​एको छ ।शनिबार सुरक्षा निकाय, संचारकर्मी, नागरिक समाजका प्रतिनिधी , कानुनका विद्यार्थी र विभिन्न संघ संस्थाका प्रतिनिधीको सहभागितामा मानवअधिकार सम्बन्धी एक दिने प्रशिक्षण कार्यक्रम आयोजना गरिएको हो ।

प्रशिक्षण कार्यक्रममा नेपालमा मानब अधिकारको अवस्था, नेपालले हस्ताक्षर गरेका र हस्ताक्षर गर्न बाकी सन्धि आभिसन्धीहरु  र नयाँ संबिधान तथा मुलुकी ऐनमा उल्लेख गरिएको मानब अधिकारको ब्यबस्था लगायतका बिषयमा नेपाल मानव अधिकार संगठनका केन्द्रिय अध्यक्ष एवं प्रशिक्षक अधिबत्ता इन्द्र प्रसाद अर्यालले सहभागीलाई प्रशिक्षण दिएका थिए ।

 नेपाल मानव अधिकार संगठनका पश्चिमाञ्चल क्षेत्रीय संयोजक तथा केन्द्रिय सदस्य नरेन्द्र बास्तोलाको अध्यक्षतामा सम्पन्न प्रशिक्षण कार्यक्रममा नेपाल मानव अधिकार संगठन तनहुँका सभापति कल्पना लम्साल, नेपाल मानव अधिकार संगठन पर्बतका सभापति अधिबत्ता हरिनारायण रेग्मी, जिल्ला प्रहरी कार्यलय कास्कीका डिएसपि खडग बहादुर खत्री, सशस्त्र प्रहरी कालिका गणका प्रहरी निरीक्षक हिरा बहादुर जिसि, लेखनाथ उद्योग बाणिज्य संघका निबर्तमान अध्यक्ष लक्ष्मी प्रसाद त्रिपाठी, इनसेकका प्रतिनिधि संगिता रानाभाट, बरिस्ठ चिकित्सक डाक्टर कालू शर्मा सुवेदी लगायतले बोलेका थिए ।

नेपाल मानव अधिकार संगठन कास्कीका कार्यसमिति सदस्य अधिबत्ता नरेश पौडेलले स्वागत गरेको कार्यक्रमको संचालन संगठनका कास्की जिल्ला उपसभापति अधिबत्ता बिरेन्द्र बास्तोलाले गरेका थिए । प्रशिक्षण कार्यक्रममा सुरक्षा निकाय, संचारकर्मी, नागरिक समाजका प्रतिनिधी, कानुनका विद्यार्थी, कास्की तनहुँ र पर्वतका मानब अधिकारकर्मीका साथै विभिन्न संघ संस्थाका प्रतिनिधी  गरी करिब ४० जनाको सहभागिता रहेको थियो ।

कमेन्टहरु
Loading...