मालपोत कार्यालय भोगेका भ्रष्टाचार सम्बन्धी सामान्यज्ञान

पोखरा, २८ मंसिर
पत्रकार हरी पन्तले मालपोत कार्यालय पुगेर निर्मम नमीठो अनुभूति गरेपछि बनाएका सामान्यज्ञानः

१ मान्छे र कोठै पिच्छे रकम नदिएसम्म काम नहुने नेपालको सरकारी कार्यालय कुन हो ?
उत्तरः मालपोत कार्यालय

२ नेपालको सबैभन्दा अस्तव्यस्त, भद्रगोल अनि कर्मचारी बाहेक पनि कार्यालय भित्रै पसेर आफू मनलाग्दी फाईल चलाउने, निमलेका कुरा मिलाउने कार्यालय कुन हो ?
उत्तरः मालपोत कार्यालय

३ पैसा नपाउन्जेल तपाईंको काम आज हुँदैन भन्ने अनि पैसा पाएपछि जनतालाई धेरै दुःख दिन हुँदैन भन्लै तत्कालै काम सम्पन्न बनाईदिने कार्यालय कुन हो ?
उत्तरः मालपोत कार्यालय

४ पैसा नपाउन्जेल ४ नबज्दै कार्यालय बन्द हुन लाग्यो भन्ने चेतावनी दिने अनि पैसा पाउने निश्चित भएपछि ६ बजेसम्म काम गर्ने कर्मचारी कुन कार्यालयका हुन् ?
उत्तरः मालपोत कार्यालय

५ मामा भान्जाबीच दक्षिणा लेना-देना त हुन्छ नि है ? दक्षिणाा मिलेपछि भान्जाको काम आजै हुन्छ ढुक्क हुनुस, मामा यहाँ भएको के काम लाग्यो ? भन्ने अधिकृत कुन कार्यालयका हुन् ?
उत्तरः मालपोत कार्यालय

६ पैसा नपाउन्जेल फाईल र लालपूर्जामा नमिलेका कुरा मिलाउन वडा र गाउँपालिकाबाट सिफारिस चाहिन्छ भन्ने अनि पैसा दिएपछि तत्कालै ढड्ढा हेरेर ढड्डामा त ठीक छ त्यो बेलाका लेखन्दासले गल्ती लेखिदिएछ भन्दै फाईल र पूर्जा सच्याईदिने कर्मचारी कुन् कार्यालयका हुन् ?
उत्तरः मालपोत कार्यालय

७ पैसा पाएपछि सुब्बाले नै फाईल सदर गरिदिने, सबैकाम सजिलोसंग सम्पन्न गरिदिने कार्यालय कुन हो ?
उत्तरः मालपोत कार्यालय

कमेन्टहरु
Loading...