मालेपाटन चौंथो खुल्ला तीज गीत प्रतियोगिताको तयारी

पोखरा, २७ साउन /तीजगीत र नृत्यसँगै महिला जागरण र सचेतना बृद्धिका लागि तीज पर्वलाई महोत्सवका रुपमा निरन्तरता दिन मालेपाटनका सामाजिक संघसंस्थाहरु जुटेका छन् ।

२०७३ भदौ १९ गते तीज पर्वतका दिन पोखरा ५ मालेपाटनस्थित बाराही उच्च माविको प्राङ्गणमा आयोजना हुने खुल्ला तीज गीत प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय स्थान प्राप्त गर्ने समूहलाई क्रमशः १५ हजार ५, ११ हजार ५ र ८ हजार ५ तथा सान्त्वना तर्फ दुई समुहलाई ४ हजार ५ का दरले नगद पुरस्कार एवं प्रमाणपत्र प्रदान गरि पुरस्कृत गरिनेछ भने उत्कृष्ट नृत्य र उत्कृष्ट भेषभूषातर्फ २ हजार ५ का दरले नगद पुरस्कार प्रदान गरिनेछ ।

प्रतियोगितामा दर्ता क्रमका आधारमा जम्मा १८ वटा टिमलाई सहभागी गराउने व्यवस्था गरिएको छ । प्रतियोगितामा राष्ट्रिय एवं ख्यातिप्राप्त अग्रज कलाकारहरुको उपस्थितिसँगै भड्किलो तीजमुक्त क्षेत्रको पहिचान दिने गरी तयारी भइरहेको छ ।

सूर्यचन्द्र विकास समाज आयोजक रहेको यस प्रतियोगितामा टोल विकास संस्था, वडा महिला÷आमा समन्वय समिति, अभियान युवा क्लव, कञ्चन बचत तथा ऋण सहकारी, धर्मस्थली बचत तथा ऋण सहकारी, बगैंचा बचत तथा ऋण सहकारी, पारालिगल कमिटी, गतिशील महिला आमा समूह, चिन्तनशील महिला समूह, हरियाली पोखरा सह आयोजक संस्था रहेका छन् ।

प्रतियोगितालाई व्यवस्थित बनाउन विभिन्न ६ वटा उपसमिति गठन गरिएको छ । उपसमिति संयोजकहरुमा अर्थ संकलन उपसमिति संयोजक कमला गौतम, प्रचारप्रसार उपसमिति धनबहादुर नेपाली, मञ्च तथा साउण्ड सिष्टम व्यवस्थापन उपसमितिमा मणिराम बराल, निर्णायक मण्डल व्यवस्थापन उपसमितिमा उज्वल खत्री र स्वयंसेवक परिचालन उपसमिति संयोजकमा केदार प्रसाद कोइराला रहनुभएको छ ।

हालै सम्पन्न तयारी भेला सूर्यचन्द्र विकास समाजका अध्यक्ष बसन्तराज भण्डारीको अध्यक्षतामा भएको थियो भने विभिन्न संस्थाका अध्यक्ष एवं पदाधिकारीहरुको वृहत उपस्थिति रहेको थियो ।

कमेन्टहरु
Loading...