माझठाना गाविसलाई पुर्ण खोप सुनिश्चित घोषणा

लेखनाथ २८ माघ/कास्कीको माझठाना गाबिसलाई आज पुर्ण खोप सुनिश्चित गाबिस घोषणा गरेको छ । नेपाल सरकारले अवलम्वन गरेको नितीलाई आत्मसाथ गर्दै माझठाना गाविसले सवै वालवालीकाहरुलाई सवै प्रकारका खोप लगाई सकिएको र आगामी दिनमा पनि जन्मने वच्चालाई खोप लगाईने प्रतिवद्धता जाहेर गरेकाले पुर्ण खोप गाविस घोषणा गरिएको हो ।जन्मीएका सवेै वालवालीकाहरु खोप लगाउनवाट वञ्चित नभएको र आवस्यक अनुसारको विसिजी, पोलीयो, जेई र दादुराको खोप लागाई सकिएकोमा खुसी व्यक्त गर्दै पश्चिमाञ्चल क्षेत्रिय अस्पतालका निर्देशक डा अशोक कुमार चौरासीयाले गाबिस सचिव दिननाथ बराललाई पुर्ण खोपको प्रमाण पत्र प्रदान गरेका हुन् । कार्यक्रममा डाक्टर चौरासीयाले जन्मिएका कुनै पनि वालवालीकाहरुको अकालमा मृतु नहोस् र स्वच्छ जिवन वाच्न सकुन भन्ने उद्देश्यले पुर्ण खोप अभियान अगाडी बताएको बताए ।

कार्यक्रममा कास्कीका स्थानीय विकास अधिकारी ईश्वराज पौडेलले माझठाना गाविस वासीहरुको एकता सामुहीक प्रयासले पुर्ण खोप सुनिश्चता गर्न सकिए जस्तै यस क्षेत्रको विकास निमार्णका लागि सबै अगाडी बढ्नु पर्ने बताए । गाविस सचिव दिननाथ वरालको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला जनस्वास्थ्य कार्यलयका प्रमुख रमेश अधिकारी, नेपाली काग्रेस कास्कीका जिल्ला सदस्य श्रीकृष्ण लामीछाने, नेकपा एमाले कास्कीका सदस्य पदमप्रसाद पौडेल, व्यवस्थापन समितीका सदस्य मंगलवहादुर नेपाली, जिल्ला जनस्वास्थ्य खोप सुपरवाईजर बद्धि आचार्य, रत्नशोभा उच्च मावीका प्राचार्य मीनराज अधिकारी लगाएतले पुर्ण खोपले बाल मृत्यु दर घट्ने बताए ।

सोही अवसरमा माझठाना गाविसको चार हजार एक सय जनसख्यामा एक वर्ष मुनीका ५७ र दुई वर्ष मुनीका ६५ गरि कुल एक सय २२ वालवालीकाहरुलाई आवश्यक पर्ने सवै प्रकारका खोपहरु लगाई सकिएको तथ्याङ प्रस्तुत गरिएको थियो ।

कमेन्टहरु
Loading...