ईक्यान कास्कीमा महेश भण्डारीको पुर्नवहाली

पोखरा, ६ बैशाख/शैक्षिक परामर्श संघ (ईक्यान)कास्कीको अध्यक्षमा महेश भण्डारी पुर्नवहाली भएका छन् । ईक्यान कास्कीको सोमबार बसेको बैठकले भण्डारीलाई पुनः अध्यक्षमा वहाली गरेको हो ।

भण्डारीले तत्कालिन समयमा अध्यक्ष पदबाट राजीनामा दिएर कास्कीको प्रतिनीधित्व गर्दै केन्द्रीय चुनावमा महासचिव पदका लागि उम्मेदवारी दिएका थिए ।

त्यसयता कार्यवाहक अध्यक्षको रुपमा संस्थाका उपाध्यक्ष मिलन तिवारीले कामकाज सम्हालेका थिए । ‘कार्यसमितिको बैठकले फेरि पनि महेश भण्डारीलाई नै अध्यक्ष पदमा वहाली गर्ने निर्णय गरेको हो ।’ सँस्थाका सचिव सन्दीप अर्यालले जानकारी दिए ।

अध्यक्षमा पुर्नवहाली भैसकेपछि भण्डारीले आफुलाई थप जिम्मेबारी महशुस भएको प्रतिक्रिया दिए । उनले आगामी दिनमा कास्कीसँगै नेपालभरको शैक्षिक परामर्श व्यवसायीहरुको हकहितका लागि आफु सदैव लागिपर्ने प्रतिबद्धता समेत जनाए ।

किंग्स् ईन्स्टिच्यूटसँग आबद्ध भण्डारी कास्की ईक्यानको स्थापनाकालदेखि निरन्तर अध्यक्ष पदमा रहेका छन् । उनले अध्यक्षको तीन कार्यकाल बिताईसकेका छन् ।

कमेन्टहरु
Loading...