चुनाव कुनै शक्तिले रोक्न नसक्ने बस्नेतको दावी

सागर राज तिमिल्सिना
पोखरा १५ असोज /युवा संघ नेपालका अध्यक्ष महेश बस्नेतले मंसिर ४ को निर्बाचन कुनै पनि शक्तिले रोक्न नसक्ने दाबि गरेका छन् । प्रेस चौतारी कास्कीले आज पोखरामा गरेको पत्रकार सम्मेलनमा बस्नेतले दोस्रो संबिधानसभा निर्बाचन तोकिएकै समयमा हुने दाबि गरे । उनले कतिपय तत्व चुनाव हुन नदिन लागे पनि यो चुनाव हुनु पर्नेमा जनता रहेका कारण कुनै शक्तिले रोक्न नसक्ने बताए ।
mahasमाओबादी नेतृत्वको मोर्चासंग निर्बाचन बोथोल्ने हैसियत नभएको भन्दै उनले युवा दस्ता परिचालन गरेर निर्बाचन बिरोधी शक्तिलाई परास्त गर्ने जिकिर गरे । आगामी निर्बाचनमा एमालेले प्रत्यक्ष तर्फ बहुमत ल्याउने दाबि गर्दै उनले १० लाख मत युथ फोर्सले नै बढाउन बताए ।
उनले बुथको सुरक्षा देखि आफ्ना उम्मेदवार र भोटरहरुको सुरक्षाको लागि केन्द्र देखि गाउँ गाउँ सम्म युथ फोर्स परिचालन गर्ने बस्नेतले बताए । चुनाबमा भिडन्तको लागि नभई सुरक्षाको लागि युथ फोर्सको गठन गरिएको उनले बताए । निर्बाचनको लागि खर्च बढाउने भनेको भ्रष्टाचारलाई बढावा दिनु भएकाले नगद भन्दा भौतिक सहयोग मागिने बस्नेतले बताए ।

कमेन्टहरु
Loading...