‘ओई मेयर हेर्त सडकमा खाल्टो !’

पोखरा, २७ साउन /हुन अहिले विश्व हातमा छ भन्नेहरु पनि छन् । एउटा कुरा सामाजिक सञ्जाल्मा राख्यो कि केही बेरमा ने भाइरल भई हाल्छ । त्यस्तै कुराले जनप्रतिनिधीलाई काम गर्न घचघचाई रहेको हुन्छ ।

सेवा पाएनन् भने नागरिकले जनप्रतिनिधीसँग सोझै गुनासो गर्छन् । तर जनप्रतिनिधीले सोचेजस्तो काम गर्न नपाए कसलाई गुनासो गर्ने ? आश र उत्साहका साथ अघिल्लो बर्ष भएको स्थानीय तहको चुनावपछि निर्वाचित जनप्रतिनिधीहरु अझै पनि अन्यौलमै छन् । केहीले काम गर्न थालेपनि अनेकन बाधा र अड्चनहरुले सोचेजस्तो काम गर्न पाएका छैनन् ।

अचेल चाहीँ जनप्रतिनिधीले सेवाग्राहीकै भाषाले आफुभन्दा माथिल्लो निकायसँग गुनासो गर्न थालेका छन् । पोखरा महानगरका मेयर मानबहादुर जिसीले एउटा कार्यक्रममा सम्बोधन गर्ने बेला यस्तै प्रश्तुती दिए । जनअपेक्षा धेरै भएको र महानगरलाई स्वायत्त भनिएपनि काम गर्ने वातावरण नपाएको उनको गुनासो छ ।

‘जनताको घरदैलोमा अधिकार लैजाने भनेर हामीले नै उद्घोष गरेका हौं । अहिले जनताले मन्त्री देख्दैनन् र मन्त्री भेटेपनि गुनासो गर्दैनन्, उनले भने–दुख र समस्या जति हामीलाई भन्छन् । यस्तो अवस्थामा माथील्ले तहबाट पनि छिटो कार्यान्वयन गर्न सके रिजल्ट निस्किन्छ । रिजल्ट निकाल्न नसके हामी नालायक भइन्छ ।’

पछिल्लो समय जनताको आक्रोश झनै बढ्न थालेको भन्दै सरकारले जनअपेक्षा अनुसार काम गर्नुपर्नेमा उनको जोड छ । ‘फोहोर पानी आयो भने सामाजिक सञ्जालमा ओई मेयर तेरो पानी हेर त भन्छन् । हाईवे विग्रिन्छ अनि ओई मेयर तेरो हाईवे हेर त कति राम्रो छ, खाल्डो देखाउँ छन्, ब्यंग्य गर्दै उनले थपे–गालिजति सबै मेयर, उपमेयर र वडाध्यक्षले गाली खानुपर्छ । गाई आउँछ अनि ओई मेयर तेरोमा त रेल आएछ है गाई लिएर भन्छन् । तेरो स्मार्ट सिटी यही हो भन्छन् ।’

मेयर जिसीले जनप्रतिनिधीहरु जिम्मेवार पुर्वक जनमैत्री हुनुपर्ने बताए । ‘अहिले नागरिकहरु निकै सचेत छन् र उनीहरुको सेवामा अहोरात्र खटिनुपर्छ, उनी भन्छन्–योजना बनाउने र कार्यान्वयन गर्नुपर्छ ।’

कमेन्टहरु
Loading...