मतदाता ओसार्न दलका बस

सागर राज तिमिल्सिना
पोखरा, २ मंसिर /नेकपा माओवादी सहित ३३ दलले आवहान गरेको यातायात बन्दको प्रभाव मिश्रीत प्रभाव परेको छ । बन्दले पोखरा नगरमा कम परे पनि लामो दुरीका यातायात कममात्रामा चलेका छन । नगर क्षेत्रमा यातायात चले पनि बजारमा मानिसको चहलपहल भने खासै छैन । स्थानीय प्रसासनले सुरक्षा दिएर लामो दुरुमा यातायात सञ्चालन भए पनि आफु खुसी चल्न सकेको छैनन् ।
पोखराबाट विभिन्न राजनैतिक दलका नेताहरुले बस रिर्जब गरि मततादाहरु आफ्नो क्षेत्रमा लैजान तछाड मछाड नै छ । राजनैतिक दलले बस रिर्जब गरेका कारण पनि राजमार्गमा केही सवारी चलेको जिल्ला टाफिक कार्यालय कास्कीले जानकारी दिएको छ । पर्यटकीय सेवाका वसहरु भन्ने नियमीत रुपमा सन्चालन हुदै आएका छन् ।
पोखरामा पेसा ब्यवसाय गरी वसेका मतदाताहरु घर र्फरकर्ने क्रम पनि जारी रहेको छ । मानीसहरु कास्कीको ग्रामीण क्षेत्रमा बस्ने मतदाताहरु पनि गाँउ जान थालेका छन । यातायातको कठीनाईले सास्ती खेपनु परेको कास्की ४ की अमृता गुरुङले बताइन् । त्यसै गरी पोखरामा चल्लेका लामो दुरीका सवारी साधनले आफुखुसी भाडा लिने गरेको पोखराबाट स्याङजा जान लागेकी बिस्णु काफ्लेले बताइन् । प्रमुख जिल्ला अधिकारी यादव प्रसाद कोईरालाले सुरक्षा ब्यवस्था वलीयो पारेको ढुक भएर ब्यवसायीलाई आफ्ना सवारी चलाउन आग्रह गरे । उनले यातायात भाडामा गुनासोको नआएको बताए ।

कमेन्टहरु
Loading...