मादी गाउँपालिका परिषद् बहिष्कार

पोखरा, २७ असार/मादी गाउँपालिकाको परिषद् बैठक नेपाली काँगे्रस र नेकपा माओवादी केन्द्रले बहिष्कार गरेको छ । परिषद् बैठकमा नेकपा एमालेले एकलौटी रुपमा मनोमानी ढंगले बजेट विनियोजन गर्न खोजेको भन्दै काँग्रेस र माओवादी केन्द्रले बैठक बहिष्कार गरेका हुन् ।

मंगलबार भएको बैठकमा गाउँपालिकाको ३७ करोड ९१ लाख रुपैयाँ बजेट सबै १२ वटै वडामा समावेशी ढंगले विनियोजित हुनुपर्ने उनीहरुको माग छ । बैठकमा सहभागी माओवादी केन्द्र निकटका वडा नम्बर ७ का लालबहादुर गुरुङ र वडा नम्बर ९ का वडाअध्यक्ष तोरण गुरुङ, काँग्रेस निकट वडा नम्बर ५ सदस्य सरोज केसीलगायतले बैठक बहिष्कार गरेका हुन् ।

केसीका अनुसार बैठकमा एमालेको मनोमानी देखिएको र न्यायीक समितिमा उपाध्यक्ष विष्णुमाया आचार्य हुनुपर्नेमा निर्णय नगरिएको, गाउँपालिकाको केन्द्र तय नगरिएको उनले बताए । बैठक गाउँपालिका अध्यक्ष वेदबहादुर गुरुङ श्यामको अध्यक्षतामा भएको हो ।

कमेन्टहरु
Loading...