पुर्व राजा फेरी चलबलाएका छन् – नेता नेपाल

पोखरा, ३२ साउन/ नेपाल कम्युनिस्ट पार्टी विदेश विभाग प्रमुख माधवकुमार नेपालले पार्टी विधान विपरीत चल्लथालेको भन्दै आलोचना गरेका छन् ।

शनिबार नेपाल यातायात स्वतन्त्र मजदुर संगठन गण्डकी प्रदेश कमिटिको प्रथम अधिबेशन पोखरामा उद्घाटन गर्दै नेता नेपालले पार्टी चलाउनका लागि विधी र पद्धतीमा लैजानु पर्ने बताए ।

उनले पार्टी एकिकरणका नाममा जथावावि कमिटि गठन गरेमा समस्या खडा हुने बताए । नेपालले यस्तो कामले कार्यकर्ताका नैरास्य सृजना गर्ने उल्लेख गरे । उनले पार्टीले एकता र विगठन भोगिसेकेका कारण सबैलाई मिलाएर लैजानु पर्ने बताए ।

पुर्व प्रधानमन्त्री समेत रहेका नेता नेपालले पुर्वराजाले पुरानो व्यवस्था फेरी पर्काउने सपना देखेर सलबलाउन थालेको भन्दै सबै सजग हुनुपर्ने बताए । उनले पुरानो व्यस्था फर्कोन लागेको भन्दै नेपाली जनता बेलैमा सजग नहुने हो भने कुनै पनि बेलामा निकै ठुलो बदमासी गर्ने सक्ने बताए । उनले नेपाली जनता फेरी पछाडी फर्कन नचाहेको बताउदै बंशको शासन कसैलाई पनि स्वइकार्य नहुने बताए ।

उनले नेपालको राजनैतिक आन्दोलनमा मजदुरहरुको ठुलो योगदान भएको भन्दै मजदुरको सम्ममा सरकारले काम गर्नु पर्ने बताए । नेता नेपालले यातायात चालक सम्बेदन शिल व्यावसाय भएको भन्दै सधै सचेत भएर आगडी बढ्न आग्रह गरे ।

कमेन्टहरु
Loading...