पोखरा महानगरका मेयरको प्रेस संयोजकमा बराल

पोखरा, ४ असार /पोखरा लेखनाथ महानगरपालिकाका मेयर मानबहादुर जिसीको प्रेस संयोजकमा पत्रकार माधव बराल नियुक्त भएका छन् ।

महानगरको मेयरमा निर्वाचित भएको एक बर्षपछि जिसीले पोखरा २८ कालिकाका बराललाई प्रेस संयोजकमा नियुक्त गरेका हुन् । मेयर जिसीको यो नियुक्तीलाई महानगरको १ असारमा बसेको कार्यपालिका बैठकले अनुमोदन गरेको थियो । विगत १६ बर्षदेखि निरन्तर पत्रकारितामा लागेका पत्रकार बराल प्रेस चौतारी नेपाल कास्कीका अध्यक्ष समेत हुन् ।

उनी हाल अन्नपूर्ण पोष्ट राष्ट्रिय दैनिक, समाधान दैनिक, रेडियो अन्नपूर्ण लगायतका संचार माध्यममा आवद्ध छन् । पत्रकार बरालसँग हिमाल खबरपत्रिका, नेपाल समाचारपत्र, पोखरा हटलाइन, गगन दैनिक लगायतका संचारमाध्यममा काम गरिसकेको अनुभव समेत छ ।

कमेन्टहरु
Loading...