मदरल्याडमा शिक्षा, स्वास्थ्य र विज्ञान मेला सुरु

पोखरा, १६ बैशाख/विद्यार्थीहरुलाई किताबी ज्ञानभन्दा माथि उठाएर जीवनोपयोगी र व्यवहारिक शिक्षा प्रदान गर्ने उद्देश्यले बिहीबार पोखरामा शिक्षा, स्वास्थ्य र विज्ञान मेला सुरु भएको छ । तिन दिन सम्म सञ्चालन हुने छ ।

मदरल्याडमा शिक्षा, स्वास्थ्य र विज्ञान मेला सुरु
मदरल्याडमा शिक्षा, स्वास्थ्य र विज्ञान मेला सुरु

मदरल्याण्ड उच्च माविको आयोजना र इज्मा मिडिया म्यानेज्मेण्ट काठमाडौको सहयोगमा भएको कार्यक्रममा विद्यार्थीलाई सुनेर भन्दा देखाएर बढी सिकाउन सकिन्छ भनी बानीको विकास गर्ने डेमो समेत प्रदर्शन गरिएको थियो ।

विद्यार्थीलाई खानपीन, स्वास्थ्य, मुटु, रक्तचाप लगायतका क्षेत्रमा व्यवहारिक रुपमा विद्यार्थीलाई शिक्षा दिएर विद्यार्थी र अभिभावकलाई अभिमुखीकरण गरिएको थियो । प्रदर्शनीमा मुटु रोग लाग्नुको कारण, रक्तचाप कसरी हुन्छ भन्ने विषयमा विद्यार्थी र अविभावकहरुलाई जानकारी गराएको इज्मा मिडियाका डाक्टर सन्तुस्ट अधिकारीले जानकारी दिए ।

कार्यक्रममा निमित्त जिल्ला शिक्षा कार्यालय कास्कीका दिपेन्द्र ढकाल, अविभावक संघ कास्कीका अध्यक्ष हेमराज बराल, नेपाल रेडक्रस सोसाइटी कास्की शाखाका उपाध्यक्ष डण्डराज पौडेल, नागरिक समाजका संयोजक रामबहादुर पौडेल, मदरल्याड उच्चमाविका सञ्चालक नारायण बराल, उच्चमाविका प्राचार्य प्रेमनारायण पोख्ररेल लगायतले मेला फलदायी भएको बताए । इज्मा मिडिया म्यानेज्मेण्ट काठमाडौले विद्यार्थीलाई व्यवहारीक ज्ञान दिने उद्देश्यले काठमाडौ विभिन्न विद्यालयमा कार्यक्रम सञ्चालन गर्दै आएको छ । सोही कार्यक्रम विद्यार्थीको स्वास्थ्य परिक्षण समेत भएको थियो ।

कमेन्टहरु
Loading...