माछापुच्छ«े गाउँपालिकामा निर्वाचन क्षेत्र पूर्वधार विकास कार्यक्रमले गति लिदै

पोखरा ७, जेठ/ कास्कीको माछापुच्छ«े गाउँपालिकामा रहेका विभिन्न भौतिक पूर्वाधार निर्माण तथा मर्मत संहार समितिका पदाधिकारीहरुले आफ्नो क्षेत्रमा विकास निर्माणमा हाल निर्माण सामाग्रि पुराउन कठिन भएको गुनासो गरेकाछन्। गण्डकी प्रदेशको निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम (सांसद विकास कोष) अन्र्तगत ९ वटा वडामा रहेका १३ योजनाका उपभोक्ता समितिका पदाधिकारीेहरुले उक्त गुनासो गरेका हुन्।

कोरोना भाइरसको कारण देशमा हाल लकडाउन भएकोले गर्दा निर्माण सामाग्रि अभाव र गाउँसम्म निर्माण सामाग्रि पु¥याउन हाल कठिन भएकोले यसमा सहजीकरण गर्न उपभोक्ता समितिका पदाधिकारीहरुले गण्डकी प्रदेश सांसद रामजी बराल (जीवन), गाउँपालिका अध्यक्ष कर्ण बहादुर गुरुङ, वडा अध्यक्षहरु समक्ष आग्रह गरेका हुन्।

चालु आर्थिक बर्षको अन्तिम समयमा पनि हाल लकडाउन जारी रहेकोले गर्दा आफ्ना क्षेत्रमा परेका योजनाहरु के कस्तो अबस्था छ भनी बुझ्न गाउँपालिका पुगेका सांसद बराल समक्ष स्थानियहरुले मजुदर अभाव समेत भएको गुनासो गरेका छन्। सांसद बराल सहित माछापुच्छ«े गाउँपालिका अध्यक्ष कर्ण बहादुर गुरुङ, जलश्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय कास्कीका डिभिजन प्रमुख ई.कीरण आचार्य, सब.ई. सविता बराल सहितको टोलीले माछापुच्छ«े गाउँपालिकामा पुगेर दुई ठाउँमा छुट्टा छुट्टै छलफलमा सहभागि भई योजनाको बारेमा जानकारी लिएको थियो ।

उक्त योजना समयमै सम्पन्न गर्न आबश्यक सहयोग गर्ने बताए । विभिन्न योजनामा काम गर्न केही कठिनायी भएको अबस्थामा डिभिजन प्रमुख र गाउँपालिका अध्यक्ष एवं सम्बन्धि वडा अध्यक्षहरुले पहल गरी समयमै योजना सम्पन्न गराउन सवैको साथ र सहयोग आवश्यक भएको उनले बताए । सार्वजनिक खरिद ऐन पुनः संसोधन हुन आवश्यक भएको बताएका सांसद बरालले अब डिपिआर बनेर मात्र योजना छनौट भएको खण्डमा धेरै छिटो काम हुने जनाए ।

गाउँपालिकामा छनौट भएका प्रदेश केही योजनाहरुमा हाल निर्माणकै क्रममा रहेकोले केही योजना केही दिनमा काम सुरु हुने अबस्थामा पुगेको अध्यक्ष गुरुङले बताए । आफ्नो गाउँ ठाउँमा परेका योजनाहरुको दिगोपनको लागि गुणस्तरमा ध्यान दिन उनले उपभोक्ता समितिहरुलाई आग्रह गरे । जलश्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय कास्कीका डिभिजन प्रमुख ई.कीरण आचार्यले आफुहरुले दिएको योजना अनुसार काम गर्न समितिहरुलाई आग्रह गरे ।

असार ९ गते भित्र उक्त योजना सक्ने गरी काम गर्न सुझाव दिदै उनले तोकिएको मापदण्ड भित्र काम नभए भुक्तानी दिन नसकिने जनाए । कार्यक्रममा माछापुच्छ«े गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष विरेन्द्र गुरुङले आफ्नो क्षेत्रमा परेको ९ लाखको योजना सरिपाखा रुम्जा मोटरबाटो निर्माण कार्य केही दिनमै सुरु गर्न लगाउने बताए ।

त्यस्तै वडा नम्बर ९ का वडा अध्यक्ष दुर्गा बहादुर क्षेत्रीले जनताको खाँचो ठानेर बजेट विनियोजन भए पनि हाल उक्त योजना निर्माण गर्न धेरै कठिनायी भोग्नु परेको गुनासो गरे । सम्बन्धित कार्यालयहरु जबाफदेही नहुदा स्थानियलाई आफुहरुले समेत उत्तर दिन नसक्ने अबस्थामा पुगेको उनले बताए । वडा नम्बर ५ का अध्यक्ष जुम बहादुर गुरुङले पेस्कि बजेट नहुदा उपभोक्ता समिति मार्फत लाखौंको योजना देशको परिस्थितीमा काम गर्न कठिन भएको गुनासो पोखे ।

वडा नम्बर ४ का वडा अध्यक्ष पूर्ण बहादुर शाहीले हाल हार्ड वयर पसल र मजदुहरुलाई तत्काल रकम विन कुनै काम गर्न नसक्ने अबस्था आएको बताए । वडा नम्बर ३ का वडा अध्यक्ष सुर्य प्रसाद लम्सालले आगामी २० दिन भित्रमा आफ्नो क्षेत्रमा परेका योजना सक्ने दाबी गरे । वडा नम्बर ६ का वडा अध्यक्ष हरिशचन्द्र ढुंगना बाहेक सवै वडा अध्यक्षहरु छलफलमा सहभागि भएका थिए । प्राविधिक कारणशव कार्यक्रममा सहभागि हुन नसकेको उनले बताए ।

नेकपा कास्की क्षेत्र नम्बर ३ (१) बाट निर्वाचित सांसद रामजी बराल (जीवन) र सांसद पुष्पा केसी भण्डारीको सांसद विकास कोष अन्र्तगत एक करोड ५ लाखको बजेट माछापुच्छ«े गाउँपालिकामा परेका हुन्। २ करोड मध्य बाँकी अर्थात ९५ लाख पोखरा १, २, ३, १८, १९ र २५ वडामा १२ वटा योजना परेकाछन्।

कमेन्टहरु
Loading...