माछापुच्छे जाने बाटो भुन परेपछि यातायात अवरुद्घ

हेमजा, २४ माघ /पोखरा महानगरपालिका २५ हेमजा मेलबोट स्थित माछापुच्छे« गाउँपालिका जाने सडकका बिहीवार दिउँसो भुन परेपछि करिव दुई घण्टा सो बाटोमा यातायात अवरुद्घ भएको छ ।

डोजरको सहायताले भुन पुरेर बाटो सुचारु गरिएको छ । यद्यपी स–साना भुनहरु भने अझै देख्न सकिन्छ ।उक्त बाटोसँगै घर जोडिएका महेश केसीले सडकका भुन परेसँगै आफ्नो घर तथा बाटो जोखिममा परेको बताए ।उनले चार पाँच दिन अघिपनि सो ठाँउमा त्यस्तै भुन परेको र त्यतीबेला पनि डोजरको सहायताले भुन पुरी सडक सुचारु गरेको जानकारी दिए ।

अर्का स्थानिय राजकुमार कुँवरले गत वर्ष मेलबोटकै लक्ष्मी पौडेलको जग्गामा पनि भुन परेको स्मरण गर्दै हेमजा क्षेत्र पनि भौगोलिक हिसावले जोखिमयुक्त रहेको बताएका छन ।मेलबोटवासीले भुन पर्ने समस्यामा गम्भिर बन्न र समाधानको उपाय खोज्न सरोकारवालाले आग्रह गरेका छन् ।

कमेन्टहरु
Loading...