स्याङ्जामा नेकपा–माओबादकिा चार नेता पक्राउ

लोकराज भण्डारी
स्याङ्जा, १ मंसिर/निर्वाचनको बहिष्कारमा उत्रिएको नेकपा–माओवादीका ४ जना कार्यकर्ता स्याङ्जाको थुमपोखराबाट गएराति पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा राज्य समितिहरु सदस्य डा. शेरबहादुर थापा, हुम बहादुर गुरुङ्, मुस्लिम संगठनका केन्द्रीय उपाध्यक्ष मकुमिन मियाँ, चिरञ्जीवी सुवेदी रहेको प्रहरी नायव उपरिक्षक आभुषण तिम्सिनाले बताए ।

वडा प्रहरी कार्यालय वालिङ्का प्रमुख प्रहरी निरिक्षक हरिकृष्ण केसीको नेतृत्वमा भएको टोलीले राति १२ बजे उनिहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । उनिहरुलाई मोटरसाईकलमा आगजनी, विष्पोटक पदार्थ राखेको लगाएको आरोपमा प्रहरीले पक्राउ गरेको हो । उनिहरुलाई थप अनुसन्धानका लागि वडा प्रहरी कार्यालय वालिङ्मा राखिएको छ ।

यसअघि नेकपा माओबादीका क्षेत्रीय इन्चार्ज खीमकुमार विक सहित ५ जना नेताहरु स्याङ्जाको सेतिदोभानबाट प्रहरीले पक्राउ गरेको थियो । आफ्ना कार्यकर्ता पक्राउ परेपछि जिल्ला तहका नेताहरु सम्पर्क विहिन भएका छन् । पक्राउ परेका सबैले आँफुहरुलाई प्रहरीले षड्यन्त्रपूर्वक झुठा मुद्धा लगाएर फसाउन खोजेको बताएका छन् । उनीहरुले पार्टीको केन्द्रीय सर्कुलर अनुसार आँफुहरु चुनाव बहिष्कारको अभियानमा मात्रै हिडेको दाबी समेत गरेका छन् ।

कमेन्टहरु
Loading...