ल्वाङ गाउँको चैत दशै मेलाको तयारी पुरा

पोखरा, २२ चैत /माछापुच्छ्रे गाउँ पालिका वडा नं ८ मा अवस्थित पर्यटकीय गाउँ ल्वाङमा चैत्र २४ देखी २७ सम्म २८ औ चैते दशै २०७५ तयारी पुरा भएको छ । ग्रिन हिल युवा क्लबको आयोजना हुने मेला शहिद हरिप्रसाद स्मृति खेल मैदानमा आयोजना हुने छ।

मेलाका मुख्य आकर्षकहरुमा गाउँ स्तरीय पुरुष भलिबल, खुल्ला अन्तर कल्ब स्तरीय महिला भलिबल, छेलो हान्ने, घैटो फुटाउने, मकै गन्ने, बालबालिकाहरुको लागि बेलुन फुटाई, महिलाको लागि मेच घुमाई प्रतियोगिताहरु हुने कार्यक्रमका उपसंयोजक भरत गुरुङले पत्रकार सम्मेलनमा बताए ।

क्लबका अध्यक्ष दीपक गुरुङको अध्यक्ष्तामा आयोजित पत्रकार सम्मेलनमा भूतपूर्व महासचिव एवम एभरेष्ट टाईम्सका डाईरेक्टर कुमार गुरुङ, राष्ट्रिय भलिबल रेफ्री एवम मेला संयोजक अनिल गुरुङ एवम मेला उपसंयोजक भरत गुरुङको उपस्थिती रहेको थियो।

पुरुष भलिबलमा प्रथम र दितृय हुने टिमले क्रमश ६० हजार अनि ४० हजार नगत प्रदान गरिने छ भने महिला भलिबलमा प्रथम र दितृय हुने टिमले क्रमश २६ हजार अनि १६ हजार नगत प्रदान गरिने छ। गण्डकी प्रदेशकै नमुना चियाबारीको खेती एवम होमस्टेले परिचत ल्वाङ गाउँको पहिचान , भाषा, धर्म, संस्कृति, कला, संस्कार अनि परम्परालाई विश्व माझ परिचत गराउने लक्ष्यले सो कार्यक्रम आयोजना गरिएको हो।

मेलाले गाउँमा आन्तरिक तथा बाह्य गरी करिब २० हजार पर्यटन भित्र्याउने लक्ष्य लिएको छ र मेलाको खर्च ८ लाख रुपैया लाग्ने मेलाका उपसंयोजक गुरुङले बताउनु भयो। साथै मेलाले गाउँलाई विश्व माझ चिनाउन मदत पुग्ने र ल्वाङलाई अझै माथी उठाउन मदत गर्ने कुरा क्लबका भूतपूर्व महासचिव कुमार गुरुङले बताउनु भयो।

ल्वाङमा चैत दशै मेला

ल्वाङमा चैत दशै मेला

Posted by Ganthan.com on Friday, April 5, 2019

कमेन्टहरु
Loading...