गायक पशुपति शर्मालाई सांसद सुर्यबहादुर केसीले ५१ हजार दिने

पोखरा, ८ फागुन /अहिलेको चर्चामा रहेको लोकदोहोरी गायक पशुपति शर्मालाई प्रतिनिधिसभा सांसद तथा उद्योगपति सूर्यबहादुर केसीले ५१ हजार रुपैयाँ सहयोगको घोषणा गरेका छन् ।

मंगलबार पत्रकारहरु सगँ सांसद केसीले गायक शर्मालाई प्रोत्साहन स्वरुप तलबभत्ता वापत आउने ५१ हजार रुपैयाँ सहयोग गर्ने घोषणा गरे ।
राष्ट्रको गहना कलाकारलाई हौसला प्रदान गर्नुपर्नेमा सिर्जना नै मास्ने कार्य भएको भन्दै विरोध जनाए ।

गीतसंगीत मार्फत जनचेतना फैलाउँदै रोयल्टी मार्फत आफ्नो गुजरा चलाउँदै आएका कलाकारलाई प्रोत्साहन गर्नुपर्नेमा उनको जोड छ । पछिल्लो समय लुट्न सके लुट कान्छा भन्ने गीत निकै चर्चा र विवादको उत्कर्षमा छ । गीत विवादमा तानिएपछि शर्माले नै युट्युवबाट हटाएका थिए ।

कमेन्टहरु
Loading...