तमु आमाहरुद्धारा ल्होछार शुभकामना

पोखरा, ११ पुस/तमु धिं नेपालको ल्होछार सप्ताहव्यापी कार्यक्रम अन्र्तगत आइतवार तमु धिं नेपाल आमा समितिले शुभकामना आदान प्रदान तथा विविध सास्ँस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ । प्र ल्हो(बाँदर वर्ग)को विदाइ र च्ह्य ल्हो(चरा वर्ग)को आगमनको अवसरमा आमाहरुकै पहलमा शुभकामना विशेष कार्यक्रम गरिएको हो ।

तमु धिं नेपालकी अध्यक्ष कर्म तमुको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा तमु धिं नेपालका द्धितिय उपाध्यक्ष हुमबहादुर तमुले शुभकामना व्यक्त गर्नुहुदै ल्होछारको बारेमा चर्चा गर्नुभएको थियो । कार्यक्रममा हिसानका केन्द्रीय सदस्य बाबुराम पन्त, कृषि विशेषज्ञ बेदकुमार श्रेष्ठ, व्यवसायिक सिता तमु, पत्रकार महासंघका केन्द्रीय सदस्य सुष्मा पौडेल, जाइकाका स्वयंसेवक दाइसुके मुराउका, पोखरा उपमहानगरपालिकाका प्रसासकिय अधिकृत कल्पना बराल, नारी सेवा केन्द्रकी उषा बरुवाल, पोखरा उद्योग वाणिज्य संघकी सदस्य सिता बराल, बुद्ध फेब्रिक उद्योगकी गिता तिवारी, नागरिक समाजका संयोजक रामबहादुर पौडेल, रेडियो सफलताका दुर्गा अधिकारी, बाझाँपाटन तमु समाजका अध्यक्ष कृष्णबहादुर तमु लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा याङजाकोट तमु समाज आमा समुहको तर्फबाट स्वागत गीत, कोल्माबहाकोट तमु समाजकी अमिता तमु, रचना तमु, कल्पना तमुले नृत्य र याङजाकोटकी अमिता तमुले गीत प्रस्तुत गर्नुभएको थियो । कार्यक्रमका सहभागीहरु सबै नाच्दा वातावरण उल्लासमय बनेको थियो । कार्यक्रममा आँधी खोला फेन्सी स्टोर्सका सञ्चालक सुरेन्द्र श्रेष्ठले तमु समाजका अध्यक्षहरुलाई भाङ्ग्राबाट सम्मान गर्नुभएको थियो ।

तमु धिं नेपाल केन्द्रीय आमा समितिका अध्यक्ष हरीमाया तमुको अध्यक्षतामा भएको कार्यक्रममा प्रथम उपाध्यक्ष पञ्चकुमारी तमु, द्धितिय उपाध्यक्ष पवित्रा तमु समेत शुभकामना व्यक्त गर्नुभयो भने महासचिव ऐनशोभा तमुले कार्यक्रम संचालन गर्नुभएको थियो । बृहत सहभागीता रहेको कार्यक्रममा तमुहरुको मौलिक खाजा सेल रोटी, तरुल, अचारसहित जलपान गराइएको थियो ।

कमेन्टहरु
Loading...