लकडाउनमा विवाह, माक्स र सेनिटाइजर उपहार, ५ लाख संघ संस्थालाई सहयोग (भिडियो सहित)

लकडाउनमा विवाह, माक्स र सेनिटाइजर उपहार, ५ लाख संघ संस्थालाई सहयोग
0 2,423

लेखनाथ, २५ वैशाख / विश्वव्यापी रुपमा कोरोना भाईरस (कोभिड १९)ले महामारीको रुप लिईरहेका वेला पोखराका एक जोडी वैवाहीक सम्वन्धमा वाधिएका छन् । पोखरा महानगरपालिका वडा नं २७ घर भएकी वेहुली अनुसा बास्तोला र पोखरा ३० घर भएका दिविन भट्राईका बीच वैदीक विधि पुर्वक विवाह वन्धनमा बाधिएका हुन् ।

वेहुला र वेहुली पक्षका घर परिवार मात्र जम्मा भएर गरिएको विवहामा वेहुली पक्षले वेहुला पक्षलाई माक्स र सेनीटाईजर लगाएतका स्वास्थ्य सामग्री उपहार दिए । सस्कार र सस्कृतीको संरक्षण गर्दै परम्परागत रुपमा चलिआएको दाईजो प्रथालाई तोड्दै सन्देश मूलक ढंगले उनीहरुले विवाहलाई स्वीकार गर्न वेहुलापक्ष राजीभए पछी छोरी दिने निर्णय गरे– वेहुलीका बुवा नेत्रपाणी वास्तोलाले भने ।

लकडाउनका वबला सरकारले तोकेको सामाजीक दुरी कायम राख्दै स्थानिय निकायसँग स्वकृती लिएर उनीहरुले विवाह सम्पन्न गरेको बताए । वैशाख १३ गते नै विवाह गर्ने पुर्वनिर्धारित कार्यक्रम तय भए पनि लकडाउन अझै लिम्वीने अवस्था आएपछि आफुहरु विवाह गर्न राजी भएको बेहुलाका बुवा विवहाका दिपक भटराईले बताएका छन् ।

लकडाउनमा विवाह, माक्स र सेनिटाइजर उपहार, ५ लाख संघ संस्थालाई सहयोग
लकडाउनमा विवाह, माक्स र सेनिटाइजर उपहार, ५ लाख संघ संस्थालाई सहयोग

विवाह मण्डप तयार पारेर सम्पुर्ण कर्मकाण्ड गरेपनि कम खर्चमा विवाह गर्न सकिन्छ र स्वयम आफै रोगसँग डराउने हो तर काममा डराउने होइन भन्ने दरिलो उदाहरण दिदै सम्पन्न भएको विवाहमा दुई पक्षका घर परिवारको सहभागीतामा मात्र विवाह सम्पन्न भएको हो ।

विवाहामा दाईजोको रुपमा तडक भड्क गर्नै पर्छ भन्ने छैन दुई पक्षका विच सहमति भयो भने आफनो सस्कृतीको रक्षा गर्दै कम खर्चमा पनि विबाह गर्न सकिने यो बैवाहिक सम्वन्धले पुष्टी गरेको छ ।
यसैविच विवहाको खर्च कटाएर बेहुली पक्षले विभिन्न १२ वटा सामाजिक सघ सस्थाहरुलाई पाँच लाख सहयोग गर्ने घोषण गरेका हुन् ।

बिहीबार भएको विवाह समारोहमा नेपाल पत्रकार महासंघ कास्की शाखालाई ५५ हजार पाँच सय ५५ सहयोग गरे । बेहुलीका बुवा नेत्रपाणी वास्तोलाले रकम महासंघका अध्यक्ष दिेपेन्द्र श्रेष्ठलाई हस्तान्त्रण गर्दै पत्रकारहरुको सुरक्षाका लागि ज्याकेटको ब्यवस्थामा सहयोग गरेको बताएका छन् ।

कार्यक्रममा कास्की साखाका अध्यक्ष दिपेन्द्र श्रेष्ठले नव विवाहित जोडीलाई वधाई एवंम सफल दाम्पत्य जिवनको सुभकामना दिदै विवाहमा गरिने फजुल खर्चको कटौती गरेर कम खर्चमा पनि विबाह गर्न सकिने कुराको सिको सवैले गर्नु पर्ने बताएका थिए ।

 

Covid-19 कोरोना भाइरस संक्रमणबाट बच्न र बचाउन गण्डकी प्रदेश सरकारको अपिल

Covid-19 कोरोना भाइरस संक्रमणबाट बच्न र बचाउन गण्डकी प्रदेश सरकारको अपिल

Get real time updates directly on you device, subscribe now.

👇 यी पोस्टहरु पनि हेर्नुहोस् ।
Loading...