लोडसेडिङ ३ घन्टा बढ्यो, दैनिक ९ घन्टा बत्ती जाने ( तालिका सहित )

पोखरा १ पुस । नेपाल विद्युत प्राधिकरणले मंगलबारदेखि लागू हुने गरी लोडसेडिङको समय बढाएको छ । प्राधिकरणलले दैनिक ३ घन्टा लोडसेडिङ बढाएर दैनिक ९ घन्टा पुर्‍याएको छ ।  मंगलबारदेखि दैनिक तीन पटक लोडसेडिङ हुनेछ । हप्तामा एक दिन भने बिहान र बेलुका गरी दुईपटकमात्र लोडसेडिङ हुनेछ ।

नदीमा जलस्थर घट्न थालेपछि विद्युत उत्पादन घटेको भन्दै प्राधिकरणले सातामा ६३ घन्टा लोडसेडिङ गर्ने तय गरेको हो ।  मागको साढे ४ सय मेगावाट विद्युत् आपूर्ति अपुग भएपछि लोडसेडिङ बढाएको प्राधिकरण प्रणाली सञ्चालन विभागका प्रवन्धक भुवनकुमार क्षेत्रीले बताए । गत वर्ष भने मंसिरको पहिलो साता १२ घन्टासम्म लोडसेडिङ भएको थियो ।

loadseding

कमेन्टहरु
Loading...