पार्क संरक्षण गर्न सृजना चौतारीको अभियान

पोखरा, ६ साउन /लायन्स क्लव अफ पोखरा सृजना चौतारीले सार्वजनिक स्थानको सरसफाई तथा ममत र रंगरोगन कार्यक्रम गरेको छ । वार्षिक नियमित कार्यक्रम अन्र्तगत पोखरा लेखनाथ महानगर पालिका वडा ७ मा रहेको पुष्पलाल स्मृती पार्कको चार कोठे भवनको तथा शौचालको रंग रोगन, शौचालय र पार्कको स्मारकमा टायल विच्छायनका साथै सरसफाई कार्यक्रम सम्पन्न गरेको हो ।

सम्पन्न पछिको हस्तान्तरण कार्यक्रममा वडा नम्बर ७का वडाध्यक्ष रामचन्द्र बरालले लायन्स क्लवहरुले गरेको सामाजिक कार्यले गर्दा समाजमा सकारात्मक प्रभाव पर्ने गरेको धारणा राखे । उनले लायन्सहरुलाई देखावटी भन्दा पनि समाजले सम्झने गरी काम गर्न पनि अनुरोध गरे । कार्यक्रममा लायन्स क्लव अफ पोखरा ३२५ वी वान का डिष्ट्रिक एओजी लायन किशोर बरालले लायन्सहरु सँधै कमजोर आर्थिक अवस्थाकालाई सहयोग गर्ने धारणामा अगाडी वढेको जानकारी दिए ।

उनले क्लवले अव सार्वजनिक सम्पत्तिको संरक्षणमा पनि सधै काम गरिरहने प्रतिवद्धता समेत जनाए । कार्यक्रममा डिष्ट्रिक कमिटी चेयस पर्सन तथा क्लवका स्थापक अध्यक्ष वालकृष्ण वरालले सहयोग भनेको सधैका लागि हुने भन्दै सहयोगको मात्रलाई वढाउदै लैजाने धारणा व्यक्त गरे । उनले भने–“हामीले सहयोग देखाउनका लागि मात्रै भन्दा पनि अधिल्ले वर्ष भन्दा यो वर्ष राम्रा र सकारात्मक कामका लागि सहयोगको मात्रा वढाउनु पर्छ ।”

कार्यक्रममा अध्यक्ष तथा लायन्स क्लव अफ पोखरा सृजना चौतारीका अध्यक्ष कलाधार वास्तोलाले यो वर्षमा क्लवले अन्य क्लको तुलनामा सकारात्मक र उधाहरणिय काम गरेर देखाउने पनि प्रतिवद्धता जनाए । उनले सावैजनिक स्थानको संरक्षणमा सहयोग गर्न पाएको पनि खुसी व्यक्त गरे । क्लवका सचिव विष्णु गौतमले संचालन गरेको कार्यक्रममा शिेष अतिथीको रुपमा रिजन चेयर पर्सन लायन विना गुरुङ्ग, जोन चेयर पर्सन वसन्त गिरी, लगाएत पार्क व्यवस्थापन समितिका अध्यक्ष लिलाधर वराल लगाएतकाले वोलेका थिए ।

कार्यक्रममा लायन्स क्लव अफ पोखरा सफल चौतारीका अध्यक्ष जितेन्द्र थापा, लायन्स क्लव अफ पोखरा यूनिक चौतारीका अध्यक्ष सरस्वती गिरी, लायन्स क्लव अफ पोखरा युनिक चौतारीका अध्यक्ष एकराज गिरी र लायन्स क्लव अफ पोखरा विरौटा साझा चौतारीका अध्यक्ष सिता पहारीले कार्यक्रमको सफलताको सुभकामना दिएका थिए ।

कमेन्टहरु
Loading...