लायन्स क्लब अफ पोखरा पिस सिटीमा सिग्देल

पोखरा,६ बैशाख​ /लायन्स क्लब अफ पोखरा पिस सिटीको अध्यक्षमा अर्जुन सिग्देल सर्वसम्मत निर्र्वा्चित भएका छन् । बिहिबार सम्पन्न अधिवेशनले लायन वर्ष २०१९÷२० का लागि नयाँ नेतृत्व चयन गरेको हो ।

समितिको प्रथम उपाध्यक्षमा रामप्रसाद अधिकारी, द्वितीय उपाध्यक्षमा राजेश रानाभाट, तृतीय उपाध्यक्षमा ई हरीप्रसाद अधिकारी, सचिवमा युवराज खनाल, क्लब ब्यवस्थापकमा ज्ञानेन्द्र थापा, कोषाध्यक्षमा दिपेन्द्र चालिसे र सह–कोषाध्यक्षमा लोकनाथ अधिकारी चयन भएका छन् ।

यसैगरि एलसिआइएफ कोर्डिनेटरमा शैलेष रायमाझी, मेम्बरसिप चियरपर्सनमा तिर्थराज सुवेदी, सर्भिस चेयरपर्सनमा बलराम केसी, क्लब मार्केटिङ कम्युनिकेशन चेयरपर्सनमा प्रमोद ओझा, टेमरमा पुष्पराज पौडेल, पिआरओमा लोकेन्द्र अर्याल, टेइलटुस्टरमा निर्मल बास्तोला चयन भएका छन् भने डाइरेक्टरहरुमा ई. राजेन्द्र ढकाल, डा. असिम सुवेदी, महेन्द्र पण्डीत चयन भएको कार्यक्रम संयोजक तथा निवर्तमान अध्यक्ष जिवन ढुंगानाले जानकारी दिए ।

निर्वाचन कार्यक्रममा बोल्दै लायन्स क्बल इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बि १ नेपालका डिष्ट्रिक्ट एड्भाईजर एवं क्लवका संस्थापक अध्यक्ष सुदिपराज ढुंगाना, कमिटी चेयरपर्सन एवं पुर्व अध्यक्ष प्रशान्तराज धमला, जोन चेयरपर्सन एवं क्लबका पुर्व अध्यक्ष टंकराज अधिकारी लगाएतले नवनिर्वाचित टीमलाई बधाई दिदै क्लबको गरिमालाई उच्व राख्दै आगामी दिनमा थप रचनात्मक काम गर्दै अगाडि बढ्न आग्रह गर्दै भरपुर सहयोग र साथ रहने प्रतिबद्धता गरेका थिए ।

क्लबका अध्यक्ष हरीराम पराजुलीकोे अध्यक्षतामा सम्पन्न कार्यक्रममा निवर्तमान अध्यक्ष जिवन ढुंगाना, पुर्व अध्यक्ष किशोरमोहन भट्टराई, प्रथम उपाध्यक्ष एवं लायन वर्ष २०१९÷२० का ईलेक्ट प्रेसिडेन्ट अर्जुन सिग्देल, तृत्तिय उपाध्यक्ष राजेश रानाभाट, सचिव हरीप्रसाद अधिकारी लगाएतले आआफ्नो भनाई राखेका थिए ।

कमेन्टहरु
Loading...