पोखरा पिस चौतारीमा पौडेल

पोखरा, १७ चैत / लायन्स क्लब अफ पोखरा पिस चौतारीको अधिवेशन सम्पन्न भएको छ । शनिबार सम्पन्न अधिवेशनले लायन वर्ष २०१८/१९ का लागि डा. भवानी शंकर पौडेलको अध्यक्षतामा नयाँ समिति चयन गरेको छ ।

प्रथम उपाध्यक्षमा मगन लाल श्रेष्ठ, द्वितीय उपाध्यक्षमा प्रेमप्रसाद दाहाल, तृतीय उपाध्यक्षमा भरत गिरी, सचिवमा बिनायक रञ्जित र कोषाध्यक्षमा राम कुमार लामिछाने चयन भएको निर्वाचन आयुक्त तथा निवर्तमान अध्यक्ष दीपेन्द्र शर्माले जानकारी दिए । रिपोर्टिङ अफिसरमा प्रदिप श्रेष्ठ, एलसिआइएफ कोर्डिनेटरमा डिलाराम लामिछाने चयन भए । क्लबका पिआरओ फणिन्द्र तिमिल्सिनाको संयोजकत्वमा कार्यक्रम भएको हो ।

कार्यक्रममा सिनियर एओजी तथा पूर्व अध्यक्ष दुर्गाप्रसाद हुमागाईं, रिजन चियरपर्सन एवं पूर्व अध्यक्ष विनोद ढुंगाना, डिष्ट्रिक्क चियरपर्सन तथा पूर्व अध्यक्ष मेघनाथ काफ्ले, कमिटि कोचियरपर्सन तथा पूर्व अध्यक्ष डा. विष्णुप्रसाद चापागाईं, क्लबका लायन वर्ष २०१७/१८ का अध्यक्ष जीवन क्षेत्री लगायतले बोलेका थिए ।

अमर ईन्द्र कोषका सञ्चालक अमर सुनारले कोषमा ५० हजार रुपैयाँ थप गरेका छन् । उक्त कोषको रकम २ लाख रुपैयाँ पुगेको छ । उक्त कोषलाई क्लबले सञ्चालन गर्दै आइरहेको छ ।

कमेन्टहरु
Loading...