पञ्चासे र शान्ति स्तुपाको संयुक्त पदस्थापन 

पोखरा, १२ असोज /लायन्स क्लव अफ पोखरा पञ्चासे चौतारीको छैटौं र शान्ति स्तुपा चौतारीको दोस्रो संयुक्त पदस्थापन सम्पन्न भएको छ । आगामी लायन बर्ष २०१६÷०१७ का निर्वाचित अध्यक्ष अध्यक्ष रविन्द्र बराल र खिमलाल बरालको अध्यक्षतामा निर्वाचित पदाधिकारीलाई पदस्थापन गरिएको हो ।

लायन्स क्लव इन्टरनेशनल डिष्ट्रिक ३२५ बी १ नेपालका डिष्ट्रक गभर्नर बालकृष्ण बुर्लाकोटीले बर्ष २०१६÷०१७ का पदाधिकारीलाई पदस्थापन गराएका हुन । लायन्स क्लव इन्टरनेशनल डिष्ट्रिक ३२५ बी १ नेपालका डिष्ट्रक गभर्नर बालकृष्ण बुर्लाकोटीले बर्ष २०१६÷०१७ का पदाधिकारीलाई पदस्थापन गराउनुका साथै पञ्चासे चौतारीमा आमन्त्रित नयाँ सदस्यलाई इन्डक्सन गराएका थिए ।

पञ्चासे र शान्ति स्तुपाको संयुक्त पदस्थापन 
पञ्चासे र शान्ति स्तुपाको संयुक्त पदस्थापन

कार्यक्रमका लायन्स क्लव इन्टरनेशनल डिष्ट्रिक ३२५ बी १ नेपालका डिष्ट्रक गभर्नर बालकृष्ण बुर्लाकोटीले लायन्स क्लव अफ पोखरा पञ्चासे चौतारी र शान्ति स्तुपा चौतारीले समुदायमा समाज सेवाका कार्य गर्दै आएको बताउदै समाजसेवाका कार्यहरुमा अझ सक्रिय हुन आग्रह गरे । गभर्नर बुर्लाकोटीले क्लवलाई स्वास्थ्य शिक्षा र वातावरण लगायत डिष्ट्रिकले आह्वानगरेका महत्वपुर्ण कार्यक्रमहरुमा सक्रियता पूर्वक लाग्न आग्रह गरेका थिए ।

निवर्तमान गभर्नर धुर्व थापाले पञ्चासे चौतारीलाई आफुले ठूलो बिश्वास गरी लायन्स्को एम्वुलेन्स सञ्चालन गर्ने जिम्मेवारी दिएको बताउदै उचित जिम्मेवारी बोधका साथ कार्यगर्न क्लवलाई आग्रह गरे ।  कार्यक्रममा लायन्स क्लव इन्टरनेशनल डिष्ट्रिक ३२५ बी १ नेपालका डिष्ट्रिक एडभाइजर दिनबन्दु पौडेल,जोन चियर पर्सन नरहरि पौड्याल, लगायतले शुभकामना मन्तब्य ब्याक्त गरेका थिए ।

कार्यक्रममा बर्ष २०१५ ÷०१६ का अध्यक्ष लक्ष्मि राज पौडेलले लायन बर्ष २०१६÷०१७ का अध्यक्ष रविन्द्र बराल पद हस्तान्तरण गरेका थिए भने पञ्चासे चौतारीका पूर्व अध्यक्ष सन्तोष पौडेलले शान्ति स्तुपा चौतारीका अध्यक्ष खिमलाल बराललाई कुर्ची हस्तान्तरण गराएका थिए । दुवै क्लवका अध्यक्षहरुले लायन बर्ष २०१६÷०१७ मा आफुले सम्पादन गर्ने कार्यहरु प्रस्तुत गरेका थिए ।

लायन बर्ष २०१६÷०१७ का दुवै अध्यक्षले नेपाल लायन्स फाउन्डेसनलाई क्लवका विभिन्न साथिहरुको तर्फबाट एनएलयफ समेत प्रदान गरेका थिए । कार्यक्रममा मञ्चासे चौतारीका पूर्व अध्यक्ष सन्तोष पौडेलले स्वागत मन्तब्य ब्याक्तगरेका थिए । शान्ति स्तुपा चौतारीका प्रथम भाईस प्रेसिडेन्ट बलबहादुर गुरुङले धन्यवाद ज्ञापन गरेका थिए भने कार्यक्रम सञ्चालन सचिव चेतबहादुर गुरुङले गरेका थिए । पञ्चासे चौतारीका नवनिर्वाचित अध्यक्ष रविन्द्र बरालको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

कमेन्टहरु
Loading...