क्लस्टर नं. २४ अन्तर्गतका क्लबहरुको संयुक्त पदस्थापन

पोखरा, ११ साउन /लायन्स क्लब्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ बि १ नेपाल अन्तर्गत क्लस्टर नं. २४ का क्लबहरुको संयुक्त पदस्थापन कार्यक्रम सम्पन्न भएको छ । लायन वर्ष २०१९÷२० को पहिलो संयुक्त पदस्थापन शुक्रबार पोखरामा भएको हो ।

क्लस्टर नं. २४ अन्तर्गतका २० वटा क्लबहरुलाई डिष्ट्रिक्ट गभर्नर ईन्दु लम्सालले पदस्थापन गराएकी हुन् । अघिल्लो वर्षका अध्यक्षहरुले नयाँ अध्यक्षलाई पद हस्तान्तरण गर्नुका साथै नयाँ ६ वटा क्लबहरुको उद्घाटनसमेत गरिएको क्लस्टर प्रमुख शिवराज आचार्यले जानकारी दिए ।

कार्यक्रममा बोल्दै गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले सामाजिक क्षेत्रमा लायन्सको योगदान महत्वपूर्ण रहेको बताए । रचनात्मक तथा प्रभावकारी काम गर्न उनले सुझाव दिए ।कार्यक्रममा लायन्सका एरिया लिडर बालकृष्ण बुर्लाकोटी, निबर्तमान गभर्नर अशोककुमार श्रेष्ठ, पास्ट मल्टिपल काउन्सिल चियरपर्सन प्रेमबहादुर श्रेष्ठ लगायतले बोलेका थिए ।

क्लस्टर अन्तर्गतका क्लबहरुले पढाऔं अभियान सहित अन्य कोषका लागि २२ लाख ६० हजार रुपैयाँ योगदान पु¥याएको क्लस्टर प्रमुख आचार्यले जानकारी दिए ।यसैबीच नारी सम्मान अन्तर्गत बुद्ध एयरका सिनियर क्याप्टेन एसोधरा थापालाई सम्मान गरिएको छ । उनी १६ वर्षदेखि क्याप्टेन छन् ।

कमेन्टहरु
Loading...