अन्तर लायन्स हाजिर जवाफ प्रतियोगिता

पोखरा, १२ माघ /लायन्स क्लब डिष्ट्रक्ट ३२५ वि वान नेपाल रिजन ९, जोन १८ र १९ अन्तर्गत रहेका क्लबहरुबीच अन्तर लायन्स हाजिर जवाफ प्रतियोगिता सम्पन्न भएको छ ।प्रतियोगितामा ८ वटा क्लबको सहभागिता रहेको थियो । प्रतियोगितामा लायन्स क्लब अफ पोखरा लालिगुराँस प्रथम, लायन्स क्लब अफ पोखरा ग्रिन सिटी द्धितीय, र लायन्स क्लब अफ हेमजा तृतीय भएका थिए ।

विजयी क्लबलाई ट्रफी मेडल र प्रमाण पत्र वितरण गरिएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि लायन्स क्लब अन्तराष्ट्रिय डिष्ट्रिक्ट ३२५ वि वान नेपालका डिपार्टमेन्ट चिफ तिर्थलाल श्रेष्ठले प्रतियोगिताले क्लबको गतिविधिको वारेमा अझ बढी जानकार हुने अवसर प्रदान गरेको बताए ।‘प्रतियोगिता संस्थागत गतविधि र संस्थाप्रति अझै बढी जवाफदेहिता वढाउने काम भएको छ’, श्रेष्ठले भने,‘प्रतियोगिताले क्लबहरुबीचको भाइचारा बढाउने काम गरेको छ ।’रिजन चियर पर्सन मोतिराज तिमिल्सिनाले प्रतियोगितामा रिजन अन्तरगतका क्लबको सहभागिताले प्रतियोगिता सफल भएको बताए ।कार्यक्रममा सिनियर एओजी धनीराम बराल, डिष्ट्रिक एडभाईजर वावुराम अधिकारी, क्विज कन्टेक्स कमिटी चियर पर्सन विष्णु बराल, जोन चियर पर्सन केदार ढकालले बोलेका थिए ।

कमेन्टहरु
Loading...