मिड टाउनको चार्टर नाइट ल्वाङघलेलमा

पोखरा, १४ माघ / लायन्स क्लब अफ पोखरा मिड टाउनले चौथो चार्टर नाइट कास्कीको ल्वाङघलेलमा मनाएको छ । होम स्टे तथा ग्रामीण पर्यटन प्रवद्र्धनको लक्ष्य सहित ल्वाङघलेलमा चार्टर नाइट मनाइएको क्लबका अध्यक्ष ठाकुरप्रसाद अधिकारीले जानकारी दिए ।कार्यक्रममा बोल्दै प्रमुख अतिथि लायन्स क्लब इन्टरनेशलन डिष्ट्रिक्ट ३२५ बि १ नेपालका डिष्ट्रिक्ट गर्भनर धनराज आचार्यले मिड टाउनले स्थापनाको छोटो समयमा सामाजिक क्षेत्रमा उल्लेख्य काम गरेका बताए । पर्यटन तथा होम स्टे प्रवद्र्धनमा लायन्स क्लबहरुले भूमिका खेल्नुपर्ने उनको भनाइ छ ।डिष्ट्रिक्टका फस्ट भाइस गर्भनर अशोककुमार श्रेष्ठले मिड टाउनले रचनात्मक काम गरेर चार्टर नाइट मनाएको बताए ।

डिष्ट्रिक्टका कोचिफ एडभाइजर विशेश्वर आचार्यले लायन्सको सामाजिक कामले समाजमा सकारात्मक परिवर्तन ल्याउन सफल भएको बताए ।क्लबका अध्यक्ष ठाकुरप्रसाद अधिकारीको अध्यक्षतामा आयोजित कार्यक्रममा संस्थापक अध्यक्ष कृष्णराज पोखरेल, क्लबका प्रथम उपाध्यक्ष देवी तिमिल्सिना, सचिव रविराज भुत्र्याल लगायतले बोलेका थिए । क्लबका डाइरेक्टर पोषबहादुर भुजेलको संयोजनमा कार्यक्रम भएको हो । चार्टर नाइटका अवसरमा क्लबले प्रकाशन गरेको स्मारिका समेत बिमोचन गरिएको क्लबका रिपोर्टिङ अफिसर तथा स्मारिका प्रकाशन उपसमिति संयोजक विकास भुर्तेलले जानकारी दिए ।

कार्यक्रममा डिष्ट्रिक्टका क्याविनेट सेक्रेटरी चण्डीप्रसाद अर्याल, सिनियर एडभाइजर राम बसेल, जोन चियरपर्सन विनोद ढुङगाना लगायतको उपस्थिति थियो ।यसैबीच, क्लबले ल्वाङघलेलको लुम्रेमा रहेको तारे वराह आधारभूत विद्यालयमा निर्माण गरेको पानी ट्याङकी शनिबार नै विद्यालयलाई हस्तान्तरण गरेको छ । नेपाल लायन्स फाउण्डेसन र क्लबको आर्थिक सहयोगमा पानी ट्याङकी निर्माण भएको हो ।

कमेन्टहरु
Loading...