लायन्स टुरिजम सिटीले बिद्यार्थीका लागि बाँडे न्यानो कपडा

पोखरा, १५ पौष/लायन्स क्लब अफ पोखरा टुरिजम सिटीको आयोजनामा स्कुलका बिद्यार्थीहरुलाई न्यानो कपडा तथा स्टेशनरी सामाग्री वितरण कार्यक्रम सम्पन्न भएको छ । पर्वत कटुवाचौपारी स्थित श्री सार्वजनिक माध्यमिक विद्यालयमा अध्ययनरत १ सय ५० जना बिद्यार्थीका लागि स्वेटर तथा स्टेशनरी सामाग्री बितरण गरिएको कार्यक्रम संयोजक तथा क्लबका निवर्तमान अध्यक्ष सुदिप पौडेलले जानकारी दिए ।रु १ लाख बराबरको स्वेटर तथा रु. २० हजार बराबरको स्टशनरी सामाग्री बितरण गरिएको पौडेलले बताए ।

कार्यक्रममा प्रमुख अतिथी लायन्स क्लब अन्र्तराष्ट्रिय डिस्ट्रिक ३२५ बि वान नेपालका सल्लाहकार बसन्त कुमार कर्माचार्य, क्लबका अध्यक्ष बिष्णुबाबु खड्का लगायत क्लबबाट कार्यक्रमका लागि पुगेका सदस्यहरुले संयुक्त रुपमा उक्त सामाग्री हस्तान्तरण गरेका थिए । कायक्रममा बोल्दै कार्यक्रम संयोजक सुदिप पौडेलले लायन्सको मर्म र धर्म मुताविक सेवाको भावना बोकेर आफै अध्ययन गरेको स्कुलमा सहयोग गर्न पाँउदा खुसी लागेको बताए । उनले जाडोका कारण कोही पनि विद्यार्थी स्कुल अनुपस्थित भई शिक्षाबाट बञ्चित हुन नपरोस भन्नका लागि कार्यक्रमको आयोजना गरिएको बताए ।

प्रमुख अतिथी लायन्स क्लब अन्र्तराष्ट्रिय डिस्ट्रिक ३२५ बि वान नेपालका सल्लाहकार बसन्त कुमार कर्माचार्यले लायन्सले क्षेत्र र समुदाय नभनि जहाँ अभाव र आवश्यकता हुन्छ त्यहाँ लायन्स पुगेर खुसी बाँडने गरेको बताए । स्कुलका प्रधानाध्यापक चन्द्रशेखर उपाध्यायले स्कुलमा निम्न वर्गकै बिद्यार्थीको बाहुल्यता रहेकोले सहयोग उपयोगी हुने बताए ।कार्यक्रममा लायन्स क्लब अन्र्तराष्ट्रिय डिस्ट्रिक ३२५ बि वान नेपाल जोन १८ का जोन चियर पर्सन प्रमोद लामिछाने, बिद्यालय ब्यवस्थापन समितीका अध्यक्ष सरोज शर्मा, लायन्स क्लब अफ शिवालय कुश्मा पर्वतका अध्यक्ष कृष्ण श्रेष्ठ, नेपाल रेडक्रस सोसाइटी कटुवाचौपारी पर्वतका अध्यक्ष दण्डपाणि पौडेल, कुश्मा नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष कृष्ण प्रसाद लामिछाने, कार्यक्रमका स्थानिय संयोजक तथा बिद्यालयका शिक्षक प्रेम नारायण शर्मा पौडेल लगायतले बोलेका थिए ।

क्लबका अध्यक्ष बिष्णुबाबु खड्काको अध्यक्षतामा भएको कार्यक्रममा संयोजक सुदिप पौडेलले स्वागत, क्लबका सहसचिब निरज पन्तले झण्डाको अभिबादन तथा तृतिय उपाध्यक्ष सन्जय मल्लले सञ्चालन गरेका थिए । क्लबका तर्फबाट रिपोर्टिङ अफिसर एकराज गिरी, निर्देशक उत्तम गुरुङ, सुनिल जिसी, दयाराम सुबेदी इश्वर, सल्लाहकार राजु कँुवर, किरण बानिया, सह–कोषाध्यक्ष दिपक थापा, एलसिआइएफ संयोजक अर्जुन केसीको उपस्थिती रहेको थियो । क्लबले छिट्टै निशुल्क मधुमेह शिविर तथा रक्तदान कार्यक्रम गर्ने क्लबका अध्यक्ष विष्णुबाबु खड्काले बताए ।

कमेन्टहरु
Loading...