सेन्ट्रल गार्डेनद्वारा वृद्धाश्रमलाई सहयोग

पोखरा १३ चैत्र​/लायन्स क्लब अफ पोखरा सेन्ट्रल गोर्डेनको आयोजनामा पोखरा–१४, बाच्छेबुडुवा स्थित वात्सायन वृद्धाश्रमलाई आर्थिक सहयोग गरेको छ ।

क्लबका संस्थापक अध्यक्ष हरिबहादुर भाटले आफ्नो जन्मदिनको अवसरमा नगद ६ हजार ५ सय ५५ रुपैया आर्थिक सहयोग गरेका हुन् । उनकी धर्मपत्नी रिता शाक्य भाट र छोरी सम्बृद्धि भाटले वृद्धाश्रम रहेका १८ जना वृद्धवृद्धालाई जुस वितरण गरेका थिए ।सो अवसरमा क्लबका अध्यक्ष कृष्णबहादुर रानाभाट, शिक्षा संयोजक गौतम रानाभाट, मेम्बरसीप डाइरेक्टर सुब्बा घिमिरे लगायतले क्लबको बारेमा वोलेका थिए ।

कमेन्टहरु
Loading...