लायन्स डाउन टाउनको अध्यक्षमा भानुभक्त अधिकारी

पोखरा, ३० चैत/लायन्स क्लब अफ पोखरा डाउन टाउन को बर्ष २०१८/१९ को लागि अध्यक्षमा भानुभक्त अधिकारी चयन भएका छन् ।
त्यसैगरि प्रथम उपाध्यक्षमा सुशील पौडेल, द्वितीय उपाध्यक्षमा रेशम के सी , तृतिय उपाध्यक्षमा शिव कुमार पौड्याल छन् ।

सचिवमा बिष्णु प्रसाद सुबेदी ,सह सचिवमा जीवनप्रकाश श्रेष्ठ, कोषाध्यक्षमा अशोक श्रेष्ठ, सह कोषाध्यक्षमा दिपक राज पौडेल, र रिपोर्टिंग अफिसरमा मदन के सी छन् ।

विहीवार भएको निर्वाचन कार्यक्रममा को एडभाईजर विशेश्वर आचार्य, रिजन चियर पर्सन मीलन थापा, जोन चियर पर्सन प्रमोद लामिछाने, पास्ट प्रेसीडेन्ट जनकल्याण पराजुली, आईपिपि रहमोहन सुवेदी र वर्ष १७ र १८ का अध्यक्ष हरी पराजुली लगायतले नयाँ समितिले लायसको भावना अनुसार समाजसेवामा काम गर्न सकोस् भन्ने शुभकामना मन्तव्य राखे ।

कमेन्टहरु
Loading...