न्यूरोड चौतारी लायन्सको ५ औं पदस्थापन

पोखरा, २५ भदौ /लायन्स क्लव अफ पोखरा न्यूरोड चौतारी ५औं पदस्थापन समारोह सम्पन्न भएको छ । लायन बर्ष २०१६÷०१७ का निर्वाचित अध्यक्ष पवित्रमणी पोखरेलको अध्यक्षतामा निर्वाचित पदाधिकारीलाई पदस्थापन गरिएको हो । लायन्स क्लव इन्टरनेशनल डिष्ट्रिक ३२५ बी १ नेपालका डिष्ट्रक गभर्नर बालकृष्ण बुर्लाकोटीले बर्ष २०१६÷०१७ का पदाधिकारीलाई पदस्थापन गराउनुका साथै न्यूरोड चौतारीद्धारा स्पोन्सर गरीएको नयाँ क्लव र पदाधिकारीलाई इन्डक्सन गराएका हुन् ।

कार्यक्रमका प्रमुख अतिथि एवं लायन्स क्लव इन्टरनेशनल डिष्ट्रिक ३२५ बी १ नेपालका डिष्ट्रक गभर्नर बालकृष्ण बुर्लाकोटीले लायन्स क्लव अफ पोखरा लेकसिटीले समुदायमा समाज सेवाका महत्वपूर्ण कार्यहरु गर्दै आएको बताउदै ५ औ पदस्थापन सम्म आईपुग्दा क्लवले थुप्रै समाजसेवाका मनन् योग्य कार्य गरेको बताए ।

गभर्नर बुर्लाकोटीले क्लवले स्वास्थ्य शिक्षा र वातावरण लगायत डिष्ट्रिकले आह्वानगरेको महत्वपुर्ण कार्यक्रमहरुमा क्लवको महत्वपुर्ण सहयोगगरेको बताउदै लायन बर्ष २०१६÷०१७ लाई उत्कृष्ट बनाउन अहिलेको नेतृत्व सफल हुने बिश्वास ब्याक्त गरे ।
पूर्व मल्टिपल काउन्सील चियरपर्सन प्रेमबहादुर श्रेष्ठले क्लवले स्थापना काल देखिनै सक्रियता पूर्वक सामाजीक क्षेत्रमा उष्कृष्ट कार्यगर्दै आएको बताए ।

निवर्तमान डिष्ट्रिक गभर्नर धुर्व थापाले क्लवले समाजिक क्षेत्रमा उल्लेखनिय कार्य गरेको बताउदै यस क्लवले पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको वालवार्डमा अत्याधुनीक उपकरण प्रदान गररे धेरै बच्चाको जीवन बचाएको बताए । कार्यक्रममा लायन्स क्लव इन्टरनेशनल डिष्ट्रिक ३२५ बी १ नेपालका पूर्व डिष्ट्रिक गभर्नर योगेन्द्र प्रधान, द्धितिय भाइस् डिष्ट्रिक गभर्नर अशोक कुमार श्रेष्ठ, डिष्ट्रिक चिफ एडभाइजर इन्दु लम्साल र रिजन चियर पर्सन हरिशचन्द्र रञ्जीत लगायतले शुभकामना मन्तब्य ब्याक्त गरेका थिए ।

कार्यक्रममा बर्ष २०१५ ÷०१६ का अध्यक्ष दिपक राज घिमिरेले लायन बर्ष २०१६÷०१७ का अध्यक्ष पवित्रमणी पोखरेललाई पद हस्तान्तरण गरेका थिए । घिमिरेले आफ्नो कार्यकायमा सहयोग गर्ने मित्रहरुलाई मायाको चिनो प्रदान गरेका थिए । लायन बर्ष २०१६÷०१७ का अध्यक्ष पवित्रमणी पोखरेलले नेपाल लायन्स फाउन्डेसनलाई क्लवका विभिन्न साथिहरुको तर्फबाट हस्तान्तरण गरिएको ६४ हजार रुपैंयाँको चेक निवर्तमान डिष्ट्रिक गभर्नरस् एवं एनएलएफ एक्जुकेटिभ कमिटीका चियरपर्सन धुर्व थापालाई प्रदान गरेका थिए ।

कार्यक्रममा क्लका द्धितिय भाईस प्रेसिडेन्ट एवं पदस्थापन कार्यक्रमका संयोजक धुर्व प्रसाद रेग्मीले स्वागत मन्तब्य ब्याक्तगरका थिए ।नयाँ स्पोन्सरगरीएका सदस्यहरुको पूर्व अध्यक्ष नरहरि पौड्यालले परिचय गराएका थिए । क्लवका प्रथम भाईस प्रेसिडेन्ट नगेन्द्र प्रसाद पोखरेलले धन्यवाद ज्ञापन गरेका थिए भने कार्यक्रम सञ्चालन सचिव द्रय क्षेत्रबहादुर बराल र शिवराज बरालले गरेका थिए । न्यूरोड चौतारीका नवनिर्वाचित अध्यक्ष पवित्रमणी पोखरेलको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

कमेन्टहरु
Loading...